८ वैशाख २०८१ शनिबार
खेल

कराते खेलाडी जर्मनी जाँदै

काठमाडौं  – अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।

मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। सुमन २०११ मा बंगलादेशमा भएको एसियाली कन्टिनेन्टल कराते तथा श्रीलंकाको कोलम्बोमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला करातेका स्वर्ण विजेता हुन्। उनी २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एसियाली गोजुरियो प्यासिफिक करातेका कांस्य विजेता पनि हुन्।

प्रतियोगितामा सहभागी हुन सुमनलाई रेस्पोन्स टेक सर्भिस प्रालिले १ लाख रुपैयाँ प्रायोजन गरेको छ। रेस्पोन्सका म्यानेजर सुदीप लामाले बुधबार सुमनलाई सो रकमको चेक हस्तान्तरण गरे। सुमनको प्रशिक्षकमा रामचन्द्र (आरसी) सुवेदी छन्।

प्रकाशित: १४ चैत्र २०७५ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App