बेइजिङ डायरी

तिब्बतको तुलनामा नेपाल

बिहिबार, १४ चैत २०७५, ०९ : ०८ चेतनाथ आचार्य

नेपालको उत्तरी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। पूर्व–पश्चिम १ हजार ४ सय किलोमिटरभन्दा बढी नेपाली भूमि चीनसँग जोडिएको छ। तसर्थ हरेक चिनियाँ नेताले भन्ने गर्छन्– ‘चीन र नेपाल नदीनाला, हिमाल, पहाडले जोडिएका घनिष्ठ मुलुक हुन्।’

मरुभूमि, उच्च अक्षांश, विकट भूगोल, कम जनसंख्या, प्रतिकूल हावापानी भएको तिब्बतको तुलनामा नेपाल प्राकृतिक स्रोत–साधनले धेरै समृद्ध छ। ६ दशकअघि तिब्बतको अवस्था नेपालको कर्णालीको वर्तमान अवस्थाभन्दा दयनीय थियो। अधिकत्तर तिब्बती घरबारविहीन थिए। नेपालका राउटे जातिजस्तै ती फिरन्ते जीवन बिताउँथे। वर्षैभरि चौंरीगाईको बथानसँगै घुमफिर गर्थे। चौंरीको अस्थायी गोठ नै उनीहरूको आवास थियो। सम्पत्तिका नाममा चौंरीगाई र भेडाच्यांग्राबाहेक केही थिएन। वस्तु विनियम गरेर जिन्दगी धान्थे।

तिब्बत दासप्रथाबाट गुज्रिरहेका बेला नेपाल, राणा शासनबाट मुक्त भएको आठ वर्ष बितिसकेको थियो। तर तिब्बत, विकास यात्रामा खरायोको गतिमा कुदिरहँदा नेपाल कछुवाजस्तो घिस्रिरहेको छ।

तर अहिले अवस्था फेरिएको छ। चीनको स्वायत्त प्रदेश तिब्बत प्रगतिको शिखर चढ्दै समृद्धिको यात्रामा लम्किरहेको छ। तर प्राकृतिक स्रोत–साधनले भरिपूर्ण नेपाल तिब्बतको तुलनामा धेरै पछि परेको छ। यसरी विश्वलाई नै आश्चर्य पार्नेगरी तिब्बतले विकास कसरी सम्भव बनायो ? यसको चर्चा गर्नु वाञ्छनीय हुन्छ। यही मार्च २८ तारिख (आज) तिब्बतमा लोकतान्त्रिक सुधारको ६० वर्ष पूरा हुँदैछ। १९५९ मार्च २८ मा तिब्बतबाट भू–दासप्रथा उन्मूलन भएको हो। दासप्रथाका भएका बेला जम्मा तीन प्रतिशत तिब्बती सामन्तहरूको हातमा सबै सम्पत्ति थियो। बाँकी ९७ प्रतिशत तिब्बती नागरिक पशुतुल्य जीवनयापन गर्न बाध्य थिए। उनीहरू किनबेच हुन्थे। गरिब मानिसलाई साङ्लोमा बाँधेर धनी मानिसले खरिद–बिक्री गर्थे। तिब्बतबाट भू–दासप्रथा उन्मूलन भएको ६ वर्षपछि सन् १९६५ मा तिब्बतलाई स्वायत्त प्रदेश बनाइयो। चीनका पाँच स्वायत्त प्रदेशमध्ये तिब्बत सबैभन्दा कान्छो हो। सन् १९५१ मा तिब्बतको कूल गार्हस्थ्य उत्पादन १२ करोड ९० लाख चिनियाँ युआन थियो। त्यस समयमा तिब्बतको जनसंख्या ११ लाख ५० हजारमात्र थियो। तिब्बतीहरूको सरदर आयु साढे ३५ वर्ष थियो।

सन् २०१८ मा तिब्बतको कूल गार्हस्थ्य उत्पादन १ खर्ब ४० अर्ब चिनियाँ युआन पुग्यो। तिब्बतमा २६ वर्षदेखि दोहोरो अंकमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर कायम छ र चीनका ३१ प्रान्तमध्ये तिब्बत सबैभन्दा अगाडि छ। जनसंख्या ३१ लाख ४० हजार पुगेको छ। सरदर आयु ६७ वर्ष भएको छ। चीनको केन्द्रीय सरकारले तिब्बत स्वायत्त प्रदेशलाई हरेक वर्ष ४९ अर्ब ५० करोड चिनियाँ युआन अनुदान दिने गरेको छ। यो बजेट तिब्बतको सामाजिक तथा आर्थिक विकासका साथै स्थानीय भाषा तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि खर्च हुने गरेको छ। तिब्बतको मुख्य आयस्रोत पर्यटन उद्योग हो। पर्यटकका लागि तिब्बत सन् १९८४ देखि मात्र खुला भएको हो। तिब्बतको पर्यटन ब्युरोका अनुसार पर्यटन व्यवसायबाट कूल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत संकलन हुन्छ र ११ प्रतिशत नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन्। तिब्बतले सन् २०१५ मा १ करोड ५० लाख पर्यटक भिœयाएर तीन अर्ब डलर आम्दानी गरेको थियो। सन् २०२० सम्ममा वार्षिक दुई करोड पर्यटक भिœयाउने लक्ष्य थियो। तर २०१८ मै लक्ष्यभन्दा ५० प्रतिशत बढी अर्थात् तीन करोड पर्यटकले तिब्बत भ्रमण गरेका छन्। जसबाट सन् २०१८ मा चार अर्ब चिनियाँ युआन राजस्व संकलन भएको थियो, जुन कूल राजस्वको २९.२ प्रतिशत हो।  

नेपालले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ। तिब्बत भ्रमणमा गएका पर्यटकमध्ये पाँच प्रतिशतमात्र नेपालले तान्न सक्यो भने १५ लाख चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्नेछन्। चाइना डेलीका अनुसार तिब्बत भ्रमण गर्ने पर्यकमध्ये पाँच प्रतिशत विदेशी छन्। तिब्बत भ्रमण गर्ने पर्यटकमध्ये लगभग २० प्रतिशत जनाले हवाईमार्ग प्रयोग गर्छन् भने बाँकीले रेलमार्ग। एक्काईसौं शताब्दीमा रेलमार्गले तिब्बतको काँचुली फेरेको छ। छिङहाई तिब्बत रेलवे सेवा सन् २००६ मा सुरु भएको हो। यसको निर्माणमा ४ अर्ब २० करोड डलर लगानी भएको थियो। अहिले ल्हासाबाट सिगाच्छे पुगिसकेको रेल सेवा केही वर्षमा नेपालको सीमा केरुङसम्म पुग्नेछ। केरुङबाट काठमाडौं पुर्‍याउने लक्ष्य राखिएको रेलमार्गले नेपाली पर्यटन क्षेत्र पनि कायापलट गराउने कुरामा दुईमत छैन। किनभने बर्सेनि तीन करोड पर्यटक तिब्बत पुर्‍याएको रेल सेवाले त्यसको १० प्रतिशत पर्यटकमात्र नेपाल पुर्‍यायो भने तीन लाख चिनियाँ पर्यटक नेपाल भित्रिन्छन्।

सिचुवानबाट तिब्बत जोडिने रेलमार्ग निकै घुमाउरो छ। सिचुवानबाट कान्सु प्रान्तको लान्चौ पुगेर ल्हासा पुग्दा ३ हजार ३ सय ६० किलोमिटर पार गर्नुपर्छ। जुन पार गर्न ४१ घण्टा लाग्छ। यसको विकल्पमा चीनले सिचुवानबाट सोझै तिब्बत निकाल्ने नयाँ रेलमार्ग निर्माण गरिरहेको छ। नयाँ सिचुवान–तिब्बत रेलमार्ग १ हजार ६ सय २९ किलोमिटर लामो हुनेछ। जुन पार गर्न रेललाई १३ घण्टामात्र लाग्नेछ। यसअन्तर्गत ला लिन खण्ड तिब्बतको पहिलो विद्युतीय रेलमार्ग हुनेछ। ला लिन खण्ड तिब्बतको दक्षिण उपत्यकामा यालुजाङपु अर्थात् ब्रम्हपुत्र नदीको मध्य भागमा पर्छ। यो क्षेत्रको औसत उचाइ ३ हजार ५ सय ६४ मिटर छ। भौगोलिक अवस्था जटिल भएकाले यो विश्वकै कठिन रेलमार्ग मानिन्छ। यो रेलमार्ग खुलेपछि सिचुवानबाट तिब्बत पुग्ने दूरी, समय र भाडा आधाभन्दा बढी घट्नेछ। यसले नेपाल पुग्ने सामान पनि सस्तो हुनेछ।

अहिले ल्हासाबाट सिगाच्छे पुगिसकेको रेल सेवा केही वर्षमा नेपालको सीमा केरुङसम्म पुग्नेछ। केरुङबाट काठमाडौं पुर्‍याउने लक्ष्य राखिएको रेलमार्गले नेपाली पर्यटन क्षेत्र पनि कायापलट गराउने कुरामा दुईमत छैन। किनभने बर्सेनि तीन करोड पर्यटक तिब्बत पुर्‍याएको रेल सेवाले त्यसको १० प्रतिशत पर्यटकमात्र नेपाल पुर्‍यायो भने तीन लाख चिनियाँ पर्यटक नेपाल भित्रिन्छन्।

सन् १९६५ अगाडि तिब्बतमा आधुनिक उद्योगधन्दा थिएन। स्वायत्त प्रदेश भएपछि तिब्बतमा आधुनिक उद्योग स्थापना सुरु भएको हो। जसका कारण सन् १९६५ को नब्बे लाख चिनियाँ युआनबाट बढेर औद्योगिक उत्पादन मात्रा अहिले अर्बाैं चिनियाँ युआन पुगेको छ। अहिले तिब्बतीको सरदर प्रतिव्यक्ति आय १० हजार ७ सय ३० चिनियाँ युआन भएको छ भने उनीहरू सुविधासम्पन्न आवासमा बस्छन्। प्रत्येकका घरमा फ्रिज, टेलिभिजन, मोटरसाइकल र मोबाइल फोन छ भने प्रायः तिब्बतीसँग गाडी छ।

सन् २००६ देखि तिब्बतमा किसान तथा पशुपालकलाई आधुनिक आवास क्षेत्रमा बसोबास गराउने परियोजना सुरु भएको होे। यही परियोजनाअनुसार अहिले २३ लाख तिब्बती किसान तथा पशुपालक नयाँ घरमा बस्न पाएका छन्। तिब्बत तथा तिब्बतीको पहिचान ‘पशुपालन’ हो। तिब्बतमा चौंरीपालन सबैभन्दा लोकप्रिय मानिन्छ। केही वर्षअगाडि मात्र तिब्बतको ल्हासामा चौंरी संग्रहालय खुलेको छ। सो संग्रहालयले तिब्बती चौंरी संस्कृति संरक्षण गर्दै विश्वमै उदाहरण पेस गरेको छ। तिब्बतमा सन् २००३ देखि पशुपालन तथा कृषि क्षेत्रको निःशुल्क चिकित्सा प्रणाली सञ्चालन भएको छ। उक्त प्रणालीमा संलग्न कृषक र पशुपालकले वार्षिक २० युआन तिरेपछि बिमाबापत अधिकतम ६० हजार युआनसम्म पाउँछन्।अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी किसान तथा पशुपालक उक्त बिमा कार्यक्रममा सहभागी भएका छन्।

तिब्बतमा सन् २०१५ सम्ममा ७८ हजार किलोमिटर सडक बनेको छ। जुन सडकले तिब्बतका ६ सय ९० वटा टाउन्सिप र ५ सय ४० गाउँलाई जोडेको छ। सन् २०१८ सम्ममा तिब्बतमा दुईवटा फास्ट ट्र्याक सडक बनिसकेका छन् भने थप तीनवटा निर्माण हुँदैछन्। सन् २०२० सम्ममा तिब्बतमा फास्ट ट्र्याक सडकको जम्मा दूरी १ हजार ३ सय किलोमिटर पुग्नेछ भने१ लाख १० किलोमिटर स्थलमार्ग बनिसक्नेछ। जसले ९० प्रतिशत टाउन्सिप र ४० प्रतिशत गाउँलाई समेट्नेछ। ६ दशकअगाडि तिब्बत दासप्रथाबाट गुज्रिरहेका बेला नेपाल राणा शासनबाट मुक्त भएको आठ वर्ष बितिसकेको थियो। तर तिब्बत, विकास यात्रामा खरायोको गतिमा कुदिरहँदा नेपाल भने कछुवाजस्तो घिस्रिरहेको छ। (लेखक बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवाका विदेशी विशेषज्ञ हुन्।)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad