coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थापालाई पुत्रीशोक

काठमाडाैँ – सामाजिक न्याय र वकालत क्षेत्रमा सक्रिय तेजश्री थापाको ५२ वर्षको उमेरमा निधन भएको छ। संयुक्त राष्टसंघीय मिसनमा कार्यरत तेजश्रीको अमेरिकाको न्युयोर्कमा निधन भएको हो।

पूर्वमन्त्री भेषबहादुर थापाकी छोरी तेजश्रीको कुन रोगका कारण निधन भएको भन्ने खुलाइएको छैन। तर, परिवारका सदस्यबीच उनको निधनको घोषणा गरिएको पत्रकार एवं तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन्। पाँच वर्षअघि छोरा भाष्कर गुमाएका भेषबहादुरले जेठी छोरी गुमाउनुपरेको छ।

 

प्रकाशित: १४ चैत्र २०७५ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App