अलकायदाको कमाण्डर भन्दै रकम असुल्ने बेल्वासे पक्राउ

आइतबार, ३० असोज २०७३, १७ : ५७ नागरिक

काठमाडौं- केही व्यवसायी एवम् व्यक्तिलाई आफू विभिन्न सशस्त्र समूहको कमाण्डर भएको भनी धम्क्याउँदै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो। 

बेल्वासेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मनमैजुबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाएको छ। 

उनले विभिन्न मोबाइल नम्बरबाट फोन गरी तथा चिठीपत्र पठाई रकम असुल्ने गरेको महाशाखाले आज जनाएको छ । यसअघि राजकुमार ढुङ्गानालाई सङ्गठितरुपमा हतियार देखाई अपहरण गरेको अभियोगमा विसं २०७० जेठ १३ गते निज बेल्वासेसहित चारजनालाई पक्राउ परी अपहरण तथा शरीर बन्धक र सङ्गठित अपराधमा साउन १० गते काठमाडौं जिल्ला अदालतको फैसलाले सजाय भई २७ महिना जेल भुक्तान गरी विसं २०७२ भदौ २७ गते जेलमुक्त भएकोे अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। 

उनको साथबाट धम्की दिन प्रयोग गरेको सिमकार्ड, अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल) का नाममा रु १३ लाख सहयोग भन्ने व्यहोरामा लेखेको पत्र, सशस्त्र डिफेन्स आर्मी फोर्सका नाममा आर्थिक सहयोग गर्ने सम्बन्धमा लेखेको पत्र, सशस्त्र अग्निज्वालाका नाममा बैठक बस्ने भन्ने व्यहोरामा लेखेको पत्र, टाइगर मुक्ति मोर्चाका नाममा आर्थिक सहयोगको पत्र, खोज खबर, न्यूजका नाममा सहयोगका लागि लेखिएको पत्र र नगद रु एक लाख ५० हजार बरामद गरेको महाशाखाले जनाएको छ। रासस 





यसमा तपाईको मत

अन्य समाचार

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

Ncell Footer Ad