coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

वैद्यको प्रश्नः विप्लवको बन्दुक के र कसका लागि ? (भिडियो)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक एजेण्डा प्रस्ट नभएको बताएका छन्। 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महासचिव वैद्यले विप्लवको संघर्षको तरिका ठिक नभएको बताए। ‘कुन तालको संघर्ष हो?’ उनले प्रश्न गरे, ‘राजनीतिक लाइन, दिशा, संघर्षको स्वरुप केही प्रस्ट छैन्।’ विप्लवको भूमिगत हुने, बन्दुक उठाउने कुराले आफू दंग परेको उनको भनाई थियो। विप्लवले आफ्नो संघर्ष राज्यसत्ता, पुलिस, सेना कोहीविरुद्ध नभएको भन्दै आएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘विप्लवको बन्दुक केका लागि, कसका लागि?’ विप्लव वैचारिक रुपमा पोख्न नरहेको वैद्यको विश्लेषण छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिंसा र बन्दुककै बाटोबाट सत्तामा आएको स्मरण गर्दै वैद्यले प्रश्न गरे, ‘अहिले सरकारमा गएपछि अर्काे कम्युनिस्ट पार्टीका गतिविधिलाई अपराधिक भन्ने? सरकारमा नजाँदासम्म बन्दुकको कुरा गर्ने, सरकारमा गइसकेपछि बन्दुकको विरोध गर्ने?’

महासचिव वैद्यले विप्लवलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय पनि जायज नभएको जिकिर गरे। ‘विप्लव पक्ष राजनीतिक पार्टी हो। अन्याय अत्याचारविरुद्ध बोल्नु ठिक हो। वैज्ञानिक समाजवादको एजेण्डा ठिक छ’, उनले भने, ‘जुन पार्टी दर्ता नै छैन, त्यसलाई सरकारबाट प्रतिबन्ध? विप्लवलाई उचाईमा लैजान आवश्यक छैन्।’ विप्लव समूहलाई राजनीतिक मान्यता दिएर राजनीतिक व्यवहार गर्न सुझाव दिँदै वैद्यले सरकारको व्यवहार गलत रहेको टिप्पणी गरे। 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिंसा र बन्दुककै बाटोबाट सत्तामा आएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘अहिले सरकारमा गएपछि अर्काे कम्युनिस्ट पार्टीका गतिविधिलाई अपराधिक भन्ने? सरकारमा नजाँदासम्म बन्दुकको कुरा गर्ने, सरकारमा गइसकेपछि बन्दुकको विरोध गर्ने?’

सरकारले विप्लव समूहलाई नियन्त्रणभन्दा पनि राजनीतिक तवरबाट वार्ता र सम्वादमा ल्याउनुपर्नेमा जोड दिँदै वैद्यले थपे, ‘यो त विरामी एकातिर, औषधि अर्काेतिर जस्तो भयो। हिजो सरकारले अपराधिक गतिविधिभन्दा विरोध गर्ने, अहिले आफू सत्तामा जाँदा अपराधिक गतिविधि भन्ने पटक्कै मिलेन।’

विप्लवको संघर्ष जनयुद्ध नभएको र रहस्यमयी ढंगले भूमिगत भएको बताउँदै वैद्यले उनको बन्दुकबारे आफूले अध्ययन गरिरहेको बताए।  

सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा दिइरहेको तर व्यवहारमा युवाहरु दिन प्रतिदिन विदेशिने क्रम बढिरहेको, व्यापार घाटा बढेको, आयात बढेको, उद्योगधन्दा नखुलेको, रोजगार नभएको र आफ्नो पुँजी नभएको अवस्थाको रहेको भन्दै वैद्यले विदेशी लगानीले मात्र देशमा समृद्धि नआउने टिप्पणी गरे। देशमा विकास निर्माण गर्ने सरकार नै नभएको उनको भनाई छ। 

अहिलेका कम्युनिस्ट नक्कली र नाम मात्रैका भएको टिप्पणी गर्दै वैद्यले भने, ‘उहाँहरु कम्युनिस्ट होइन। पुरानै राज्यसत्ता र व्यवस्थाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। सच्चा कम्युनिस्टको हातमा सत्ता आउने हो भने १० वर्षमा नेपाल अर्कै बन्छ।’ 

महासचिव वैद्यले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको निर्माण गर्ने आफूहरुको कार्यदिशा रहेको सुनाए। सच्चा कम्युनिस्ट जोडेर आफ्नो पार्टी बलियो बनाउने र राष्ट्रिय स्वाधिनता र श्रमिक जनताको निम्ति राज्यसत्ता निर्माण गर्ने आफ्नो पार्टीको कार्यदिशा रहेको उनले सुनाए।

प्रकाशित: १३ चैत्र २०७५ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App