बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुधबार, १३ चैत २०७५, २१ : २८ विनोद परियार

रुपन्देही– बुटवलमा बुधबार राती अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या भएको छ। बुटवल ४ मैनाबगरस्थित अटो भिलेजमा कार्यरत ४० बर्षीय मिस्त्री फिरोज खानको गोली प्रहारबाट हत्या भएको हो। खानलाई टाउको र छातीमा गोली प्रहार गरिएको छ। उनी भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। उनका अनुसार राती साढे ८ बजेतिर गोली प्रहार भएको थियो। 

गोली लागेर घाइते भएका खानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो। रगताम्य अवस्थामा अस्पतालमा ल्याइएका खानको उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए। गोली कस्ले चलायो भन्नेबारे केही खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खानको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। सामान्य मिस्त्री काम गर्दै आएका खानको गोली प्रहारबाट हत्या भएपछि मैनाबगर क्षेत्रमा त्रास पैदा भएको छ। 

केही दिनअघि मात्रै रुपन्देही देवदहमा तरुण दलका नगर सदस्यको कुटपिट गरि हत्या गरिएको थियो। लगातार हत्याका घटना हुन थालेपछि जिल्लाको शान्ति सुरक्षामा माथि नै प्रश्न उठेको छ।

यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad