८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय मुद्दामा नेतृत्व स्पष्ट भएन : नेता सिंह

ताप्लेजुङ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित पार्टीलाई गतिशिल बनाउन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले कांग्रेसले आर्थिक क्रान्ति र समृद्धिको अभियानको नेतृत्व गर्ने हो भने अहिलेकै अवस्थाको पार्टीले गतिशिलता अपर्याप्त हुने बताए। 

नविन सोच र चिन्तनका साथ पार्टी संगठन शसशिक्तकरण गरौं भन्ने अभियान लिएर ताप्लेजुङ आइपुगेका सिंहले बुधबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति पनि कटाक्ष गरे। उनले समृद्धिको सपना बाँडेर ल्याएको जनमतअनुसार वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यही अवस्था कायम रहे दुई तिहाईको सरकारको दिनगन्ती समेत सुरु हुने दाबी गरे। 

पार्टी नेतृत्व एकलौटी र हुकुमी शैलीमा चलेकोले पार्टीले अहिलेको अवस्थामा जुन आकर्षण कायम राख्नुपर्ने थियो,त्यो पूरा हुन नसकेको उनको आरोप थियो। विधानअनुसार पार्टी नचलेको आरोप लगाए। नेता सिंहले संस्थागत गर्नुपर्छ भन्ने विचार राख्दा पार्टीमा गुट सृजना गर्न खोजेको आरोप लगाउनु निन्दनीय भएको बताए।

बिगतको इतिहाससँग तुलना गरेर त्यसकै साखबाट पार्टी निरन्तर चलिरहन्छ नसकने उनको भनाइ थियो। आफू कसैलाई खुल्याउने हिसाबबाट देश दौडामा नरहेको बताउँदै कम्युनिस्टले गर्न नसकेको संविधानसभाबाट संविधान निर्माण जस्तो महानकार्यको नेतृत्व लिएको पार्टीको पछिल्लो हविगत पार्टी नेतृत्वको गलत अभ्यासको उपज रहेको आरोपसमेत लगाए।

 

प्रकाशित: १३ चैत्र २०७५ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App