coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँकेमा ‘विप्लव’ समुहका चार जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज-सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ जना कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लाे समय विप्लव समुहले जनप्रतिनिधी, सरकारी कर्मचारी, शिक्षक तथा ब्यापारीसँग चन्दा असुली गरिरहेको जनगुनासो बढिरहेका बेला बाँके प्रहरीले थप निगरानी बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी चित्रबहादुर बिक, हुम्ला घर भई हाल कोहलपुर–११ मा बस्दै आएका दानबहादुर फडेरा, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम निवासी सन्तोष बस्नेत र बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी कृष्णबहादुर शाही रहेका छन्। 

पक्राउ परेका विरुद्ध केहीलाई मुद्दा चलाइएको र केहीको विषयमा अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ। सरकारले विप्लव समुहको नेकपामाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निगरानी कडा पारेको एसपी पौडेलले बताए। विभिन्न ठाउँमा प्रहरी परिचालन भएर विप्लव समुहका कार्यकर्ताको निगरानी बढाईरहेको उनले जानकारी दिए। 

बाँकेमा जनप्रतिनिधी, सरकारी कर्मचारी, शिक्षक तथा ब्यापारीसँग विप्लव समुहले चन्दा असुली गरिरहेको हल्ला चलेपनि आधिकारिक रुपमा कसैले पनि उजुरी नगरेको एसपी पौडेलले प्रष्ट्याए। ‘अहिलेसम्म चन्दा असुलेको विषयमा कसैलेपनि उजुरी गरेको छैन,’ उनले नागरिकसँग भने ‘उजुरी परेपछि सम्बन्धित ब्यक्तिको पहिचान गरी कारबाही गर्छौ।’ गैर कानुनी कामका लागि कसैले पनि चन्दा दिन नपाईने बताउँदै पौडेलले चन्दा दिने ब्यक्तिलाई पनि कारबाही हुने चेतावनी दिए।

प्रकाशित: १३ चैत्र २०७५ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App