८ वैशाख २०८१ शनिबार
समाज

कर्मचारी नै उपभोक्ता समितिमा बसेर अनियमितता

मुगु- जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ७ मा एक योजनाको उपभोक्ता समितिमा  सरकारी कर्मचारी नै उपभोक्ता समितिको अध्यक्ष बनेर लाखौ रकम हिनामिना गरेको पाईएको छ।

खत्याड गाउँपालिका वडा नम्बर ७ को डाँगरबाडामा रहेको पञ्चवर्षीय योजना अन्तर्गत सुगुरखाल खानेपानी आयोजनाका लागि वडा नम्बर ७ का कार्यालय सहयोगि सिदुरे डाँगरले खानेपानी उपभोक्ता समितिको अध्यक्ष बनेर  आयोजनाको ८ लाख ७६ हजार रकम भ्रष्टाचार गरे पछि स्थानीयवासीले वडा कार्यालय र गाउँपालिकालाई गुहारे पनि रकम अशुल हुन नसकेको स्थानीय धिरु डाँगरले बताईन।

अध्यक्ष डाँगरले रकम बुझाउने भनि वडा कार्यालयको रोहबरमा कागज गरे पनि रकम नतिरेकाले गाउँपालिकामा निवेदन दिएको र गाउँपालिकाले पनि केही वास्ता नगरेको स्थानीयको भनाईछ। ३६ लाखको खानेपानी योजनामा खानेपानीको ट्याँकी मात्र बनेको, योजनामा काम गरे बापतको ज्याला रकम समेत नपाएको र ८ लाख ७६ हजार रकम उपभोक्ता समितिका अध्यक्ष सिदुरे डाँगरले हिनामिना गरेको भन्दै स्थानीयले वडा कार्यालयमा निवेदन दिए पछि सबैलाई वडामा भेला गराउँदा सिदुरे डाँगरले रकम हिनामिना गरेको स्वीकार गर्दै रकम तिर्ने कागज गरेको वडाध्यक्ष जयऋषि उपाध्यायले बताए।

वडाअध्यक्षको रोहवरमा माघ २५ गते भित्र रकम तिर्ने कागज गरे पनि अहिलेसम्म रकम नतिरे पछि गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिए पनि सुनुवाई हुन नसकेको स्थानीयवासी राजबहादुर डाँगरले बताए। गाउँपालिकाको न्यायीक समितिमा खानेपानी योजनाको रकम हिनामिना भएको उजुरी आएको र तत्काल छलफल गरि रकम अशुल गरिने गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले बताए।

प्रकाशित: १३ चैत्र २०७५ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App