coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

को को आउँदैछन् लगानी सम्मेलनमा ?

काठमाडौं- सरकारले तेस्रो पटक लगानी सम्मेलनको आयोजना गर्दैछ। २०४६ सालको परीवर्तनपछि २०४७ सलामा पहिलो लगानी सम्मेलन भएको थियो भने २०७२ को भूकम्प पछि २०७३ सालमा अर्को लगानी सम्मेलन गरेर सरकारले लगानी भित्र्याउने प्रयास गरेको थियो। त्यसको ठिक दुई वर्षपछि सरकारले पुन: लगानी सम्मेलन आयोजना गरेको छ। चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता उपस्थित हुने अर्थमन्त्रालयले बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी वोर्डले कृषि, जलविद्युत, उद्योग पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्वन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरेर ७७ वटा परियोजना प्रस्तुत हुने छन्।

सम्मेलनमा सहभागि हुने केही अनुहारबारे समेत अर्थमन्त्रालयले बताइसकेको छ। जसमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्वन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्वन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्वन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्वन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डावर, यूनिलिभर लगायतका कम्पनीका प्रतिनिधि सहभागि हुने छन्।

 

प्रकाशित: १३ चैत्र २०७५ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App