coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चार दिन देखिको तालाबन्दिले नगरपालिकाको सेवा प्रवाह प्रभावित

चार दिन देखि तालाबन्दि भएपछि सुनसान बनेको नगरपालिका कार्यालय । तस्वीर : सुमन मल्ल/ मुगु

मुगु- छायानाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरु बीचको आपसी विवाद बढेपछि जनप्रतिनिधिहरुकै तालाबन्दीले चार दिनदेखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरु ठप्प भएका छन्।

मेयर हरिजंग शाहीले हरेक काम गर्दा एकल ढंगले गर्न थालेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले आईतबार देखि नगरपालिका तालाबन्दि गरेको हो।  मेयरले प्रदेश सरकारको ऐन विपरित ९ महिनासम्म पनि नगर सभा नबोलाएको, ४ महिना देखि नगर कार्यपालिका बैठक नबोलाएको, नगरको बार्षिक समीक्षा समेत नगरेको लगायत ६ बुँदे माग पुरा नभएसम्म नगरपालिकामा तालाबन्दि जारी रहने उपमेयर सुन्तला रोकायाले बताइन्। यता अनावश्यक रुपमा उपमेयर पक्षले गलत आरोप लगाउदै बेलाबेला नगरपालिकामा झमेला ल्याउने गरेको मेयर हरिजंग शाहीले जानकारी दिए। 

नगरपालिकामा तालाबन्दि भएपछि मेयर र उपमेयर दुबै पक्षलाई छलफल गराउन खोजे पनि मेयर जिल्ला बाहिर गएका कारण छलफल हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। छलफलबाट समस्या समाधान गरि नगरपालिकाका काम सुचारु गर्न पहल भई रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ। नगरपालिकामा तालाबन्दि भएपछि सेवा प्रवाह रोकिएको छ भने कर्मचारीहरु घाम तापेर फर्किनु पर्ने अवस्था रहेको छायानाथ रारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परशुराम नेपालीले बताए। विद्यालयका विषयमा केही सोधपुछ गर्न आए पनि तालाबन्दिका कारण कसैलाई नभेटाएको छायानाथ रारा नगरपालिका वडा नम्बर ११ प्रभात माध्यमिक विद्यालय रोवाका शिक्षक मैनादल बुढाले बताए।

 

प्रकाशित: १३ चैत्र २०७५ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App