coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लगानी सम्मेलनले विकासको चित्र कोर्ने छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले देशमा लगानीको वातावरण बनाउन नसक्ने हो भने सधैँ अरुकै भर पर्नु पर्ने बताएका छन्। लगानी सम्मेलनको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले देशमा लगानीको वातावरण बनाउन नसके सधैँ वैदेशिक रोजगारिको खोजी गर्ने बाध्यता रहिरहने बताए। ‘ लगानी भएन भने हामी सधैँ गरिव हुनु पर्ने हुन्छ‘, उनले भने, ‘हामी सधैँ पर्छौं। अव हामीले यो अवस्थाको अन्त्य गर्नु पर्छ।‘

अदक्ष जनशक्ति कामको खोजिमा विदेश हिँड्नु पर्ने अवस्थाको अन्त्य होस् भन्ने सरकारको चाहना भएको उनले बताए। ‘अदक्ष जनशक्ति बाहिर जान नपरोस्। यही रोजगारी सिर्जना होस् भन्ने चाहना हो’, उनले भने, ‘तर सबै प्रकारको जनशक्ति एकै ठाउँमा नहुँदा सनो सँख्यामा क्रस वोर्डर गरिरहन्छ।’

सरकारले ऋण दिने कुरा भन्दा पनि ठूला वित्तिय संस्थाहरुले नीजि क्षेत्रबाट ऋण प्रवाह गर्न चाहँदा सरकारले सहजिकरण गर्ने उनले बताए।

सूचना प्रविधि सम्वन्धी ऐन संसदबाट पास भएपछि डिजिटल इकोनोमिमा धेरै नयाँ कुरा थपिने खतिवडाले बताए। सरकारले लगानी कर्तासँग रेस्पोन्स मेकानिजमलाई बलियो बनाएको उनले बताए।

सम्मेलनले मुलुकको विकासको मार्ग चित्र कोर्ने विश्वास उनले गरे। ‘लगानी सम्मेलन सबैको साझा प्रयास हो। यसमा सरकार र नीजि क्षेत्र सँगै छ’, उनले भने, ‘यो उत्सव मात्र नभएर नेपालमा लगानीका अवसरलाई जान्ने मौका दिने र ति अवसरमा लगानी गर्दा प्रतिफल फर्काउने देखि कानूनी झमेलामा नपर्नेबारे जान्ने पनि यो अवसर हो।‘

२०७३ मा गरेको लगानी सम्मेलनलाई अझ विस्तृत रुपमा र अझ लगानी भित्र्याउन यो सम्मेलन गरिएको उनले बताए। सरकार कसरी नीजि क्षेत्रसँग सँगसँगै अघि बढ्न चाहन्छ भन्ने चिनाउन पनि सम्मेलन आयोजना गरेको खतिवडाले बताए। पछिल्लो वर्ष देखिएका विकासका सम्भावनालाई सोकेसिङ गर्न पनि यो आवश्यक भएको उनको भनाई छ।

पश्चिम सेतिमा कुनै अडान परिवर्तन नभएको बताउँदै उनले एउटा लगानी कर्ताले इच्छा नगर्दा अर्कोलाई आव्हान गर्ने कुरा मात्रै भएको बताए।

प्रकाशित: १३ चैत्र २०७५ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App