१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान आतंकवादको जननीः मोदी

नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक समृद्धिको लागि आतंकवाद प्रमुख चुनौती भएको बताएका छन्।

भारतमा जारी ब्रिक्स सम्मेलनलाई आइतबार सम्बोधन गर्दै  मोदीले पाकिस्तानको नाम नलिइ आफ्नो एक छिमेकी देश आतंकवादको जननी भएको आरोप लगाएका हुन्।

मोदीले भने ‘हाम्रो आर्थिक समृद्धि, सुरक्षा र विकासको सबैभन्दा ठूलो चुनौती भनेको आतंकवाद हो र यो दुःखको कुरा हो की भारतको एक छिमेकी मुलुक आतंकवादको जननी हो, यो मुलुकले विश्वमा भएका आतंककारीलाई शरण दिने मात्र होइन उनीहरुको मनोबल समेत बढाइ दिन्छ।

भारतले सेम्टेम्बर १८ मा भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्पमा १८ जनाको ज्यान जानेगरि भएको आतंककारी हमलामा पाकिस्तानको हात रहेको आरोप लगाएपछि यी दुई देशबीचको विवाद उत्कर्षमा पुगेको छ।

मोदीले ब्रिक्सका सदस्य राष्ट्रहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले भने ‘हाम्रो छिमेकी मुलुकमा राजनीतिक मुद्दालाई आतंकवादको प्रयोग गर्न सकिन्छ भन्ने मानसिकता छ जुन मानसिकताको हामी कडा निन्दा गर्दछौँ।’

 

भारतले सेम्टेम्बर १८ मा भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्पमा १८ जनाको ज्यान जानेगरि भएको आतंककारी हमलामा पाकिस्तानको हात रहेको आरोप लगाएपछि यी दुई देशबीचको विवाद उत्कर्षमा पुगेको छ।

यता पाकिस्तानले भने उक्त हमलामा आफ्नो कुनै हात नरहेको र काश्मिरको मुद्दाबाट विश्वको ध्यान अन्यत्र खिच्नका लागि भारतले षड्यन्त्र गरिरहेको बताएको छ।

प्रकाशित: ३० आश्विन २०७३ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App