७ वैशाख २०८१ शुक्रबार
कला

एसइइ डान्स च्याम्पियनशिप

काठमाडौं – एसइइका विद्यार्थीरूलाई मञ्च र अवसर प्रदान गर्न नेपालमा ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ हुने भएको छ। कार्यक्रमका परिकल्पनाकार महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभई सीपसहितको शिक्षा हो भन्ने सर्वव्यापी मान्यतालाई स्थापित गराउन कार्यक्रम गर्न लागिएको बताए।

उनले बैशाख १० गतेबाट २५ गतेसम्म देशका विभिन्न शहरमा अडिसन हुने र अडिसनबाट ६० जनालाई टिभी राउण्डमा ल्याइने बताए। ‘टिभी राउण्डमा आएका ६० जनालाई प्लस टु पढनका लागि शत प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ’, उनले भने, ‘विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर प्रदान गरिनेछ। त्यस्तै उपविजेतालाई नगद ३० हजार, तृतियलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ।

म्याम्स टिभिका महाप्रबन्धक दिनेश सुवेदीले कार्यक्रममा भोटिङ राउण्ड नहुने भएकाले निष्पक्ष निर्णय हुने दाबी गरे। कार्यक्रमको निर्णायकमा कोरियोग्राफर गम्भिर विष्ट, नन्दा बस्याल र प्रेम श्रेष्ठ रहेका छन्। 

म्याक्स टिभीको प्रस्तुतीमा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुन लागेको कार्यक्रम एनटिभी प्लस र म्याक्स टिभी अन्तर्गत १० भन्दा बढी च्यानलबाट प्रसारण हुनेछ। अडिसन पोखरा, काठमाडौं, धरान, बिर्तामोड, कोहलपुर, सुर्खेत, धनगढी, बुटवल, नारायणघाट, धादिङ, इलाम र बनेपामा हुनेछ।

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App