८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पर्खाल बनाउन एक अर्ब डलर निकासा

अमेरिका–मेक्सिको सीमामा रहेको तारबार।    तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकी रक्षामन्त्री प्याट्रिक सानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपत्कालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए। 

राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसद्बाट बजेट स्वीकृत भएको छैन भने आपत्कालीन घोषणाप्रति पनि अमेरिकी कंग्रेसमा सहमति जुट्न सकेको छैन। विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरीसमेत दिएको छ।

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ। प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ।

ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकांक्षी करिब नौ अर्ब डलर माग गर्ने तयारी गरेको छ। यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब छ अर्ब डलर माग गरेका थिए तर अमेरिकी संसद्ले राष्ट्रपतिको सो प्रस्ताव अस्वीकार गरिरहेको छ।

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App