७ वैशाख २०८१ शुक्रबार
खेल

एथ्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लियो

मड्रिड–स्पेनीस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा ग्रानाडामाथी ७–१  को फराकिलो जित हात पार्दे एथ्लेटिको मड्रिड जारी लिगको शिर्ष स्थानमा उक्लिएको छ।

खेलको १८ औ मिनेटमा ग्रानाडाका लोपेजले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ३४ औं मिनेटमा एथ्लेटिकोका यान्निक कारास्कोस गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । कारास्कोसले खेलको ४५ औ र ६१ औ मिनेटमा गोल गदै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।  त्यस्तै गुटिनले ६३ औ र ८१ औ तथा कोरियाले ८५ औ र थियागोले  ८७ औ मिनेटमा गोल गर्दै आफ्नो टोलिलाई सानदार जित दिलाएका थिए।

त्यस्तै गए राति सम्पन्न अर्को खेलमा रियल मड्रिडले  रियल बेटिसलाई  ६–१ गोल अन्तरले पराजित गरेको छ ।  रियल मड्रिडको जितमा इस्कोले २ तथा भारेने , करीम बेन्जामीन , मार्सेलो र  र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरेका थिए ।

यता बार्सिलोनाले  डिर्पोटिभो  ला कारुनालाई ४–० ले पराजित गरेको छ । उसको जितमा  राफिन्हाले २ तथा  लुइस स्वारेज र  लियोनल मेसीले  समान एक एक गोल गरेका थिए।

यस जितसँग एथ्लेटिको मड्रिड १८ अंकका साथ लिग तालिकाको शिर्ष स्थानमा उक्लदाँ रियल मड्रिड भने समान खेलबाट समान १८ अंक बनाए पनि गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा रहेको छ।

 

प्रकाशित: ३० आश्विन २०७३ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App