४ वैशाख २०८१ मंगलबार
समाज

गर्भवतीको उपचारमा आर्थिक समस्या

खोटाङ – डालेघाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डालेघाँस काट्ने क्रममको रुखमाबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीया कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

फागुन ३० गते डालेघाँस काट्ने क्रममा लडेर गम्भीर भएकी राईको हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। रुखबाट लड्दा सात महिने गर्भवती कविताको दाहिने हात दुई ठाउँमा भाँचिएको छ। ढाडमा असर पुग्दा उठबस गर्नै नसक्ने अवस्थामा पुगे पनि उनले चैत ३ गते सात महिनाको बच्चालाई सकुशल जन्म दिएको आफन्तले बताएका छन्। जन्मिएदेखि आइसियुमा राखिएका नवजात शिशु (छोरा)लाई आइतबार निकालिएको छ।

उपचारका लागि हालसम्म ऋणपान गरेको एक लाख ३० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। थप उपचारका लागि आर्थिक समस्या भएको श्रीमान् शेषकुमार राईले बताए। शेषकुमार स्वयं पनि शारीरिक रूपमा अपांग छन्। उनको बालकछँदै दाहिने हात भाँचिएर काटिएको छ। राई दम्पतीका घरमा तीन छोरी छन्।

प्रकाशित: १३ चैत्र २०७५ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App