६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्री भन्छन्, यसपालि कर्णालीको पालो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)आबद्ध कर्णाली प्रदेशका सांसदहरूसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले गत वर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरू छुटेको बताउँदै यसपालि कर्णालीलाई प्राथमिकतामा राखिने बताएका छन्। ‘गतबर्ष कर्णाली प्रदेशका जिल्योजना र बजेट दिन छुटेको सही हो तर यसपालि त्यो क्रम दाहोरिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो वर्षको बजेटमा सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ।’

प्रधानमन्त्री ओलीले जनसंख्याका आधारमा मात्र स्रोतको परिचालन गर्ने कुरा जायज नभएको पनि बताएका छन्। कर्णालीको भूगोलको विशिष्टता बेग्लै भएको उल्लेख गर्दै ओलीले यस भूगोललाई विशेष रूपमा बजेट विनियोजन गरेर विकासको मूल प्रवाहमा ल्याउनुपर्ने बताए।

खनिज, जलस्रोत, जडीबुटीबाट समृद्ध कर्णाली सम्भावनायुक्त प्रदेश भएकाले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरूको विवरण वैशाख पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदहरूलाई निर्देशनसमेत दिएका छन्।

प्रकाशित: १३ चैत्र २०७५ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App