७ वैशाख २०८१ शुक्रबार
खेल

अजितलाई मासिक ६० हजार

काठमाडौं –  एसियाली स्तरमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका एथ्लेटिक्स खेलाडी अजित यादवले मासिक ६० हजार नगद हात पार्ने भएका छन्।

नेपाल एथ्लेटिक्स संघले मंगलबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा नबिल बैंक, गोल्छा अर्गनाइजेसन, जाउलाखेल ग्रुप अफ इन्डस्ट्री, गोल्ड स्टार सुज र होटल अन्नपूर्णले मासिक रूपमा एक वर्षका लागि अजितलाई १२ हजारका दरले रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।

‘अजितले एसियाली स्तरमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउँदै सम्पूर्ण नेपालीको शिर उचो पारेका छन्,’ नबिल बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘सीमित स्रोत र साधनका बीच एउटा खेलाडीले देशको नाम राखेको छ हामीले हालका लागि प्रोत्साहनस्वरूप यो रकम उपलब्ध गराउने छौं। आशा छ अजितले यो लयलाई अन्य प्रतियोगितामा पनि निरन्तरता दिनेछन्।’

यादवले हङकङमा भएको एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।कार्यक्रममा एथ्लेटिक्स संघले अजितलाई  टिभिएस मोटरसाइकल प्रदान गर्याे भने प्रशिक्षक धनीराम चौधरीलाई नगद १ लाखसहित सम्मान गर्याे।

यसअघि अजितलाई प्रदेश २ को सरकारले नगद ५ लाख दिने घोषणा गरिसकेको छ। नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितको सफलताले मनोबल बढेको भन्दै आगामी दिनमा पनि यस्तै नतिजाको अपेक्षा गरेको बताए।

 

प्रकाशित: १३ चैत्र २०७५ ००:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App