७ वैशाख २०८१ शुक्रबार
समाज

दसैंको अवधिमा भएका दुर्घटनामा २१ जनाको मृत्यु

इटहरी- दसैको सप्तमीको दिन मादकपदार्थ सेवन गरि (असोज २२ गते राति) तिब्र गतिमा मोटरसाइकल कुदाउँदा कोसी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २४ मा एकै परिवारका दाजुभाईको घटनास्थलमै मृत्यु हुन पुग्यो। को १६ प ७७६८ नम्बरको मोटरसाइकलका चालक इटहरी वडा नं. ५ का २६ बर्षे मदन गुरुङ् र मोटरसाइकलमा सवार उनका दाजु ३५ बर्षे  कुमार गुरुङ्को मृत्यु भएको हो।

दसैको अस्टमीको दिन राति ९.३० बजे मोरङको पथरी शनिश्चरे बजारको भित्री सडकमा को १३ प ८३५३ नम्बरको मोटरसाइकलले पैदलयात्री तेह्रथुम म्याङ्लुङ् वडा नं. ९ का मानबहादुर मगरकी ४ बर्षे छोरा प्रतिकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । सोही दिन राति मोरङ डाइनिया वडा नं. ४ मा बा २९ प ४०६ नम्बरको मोटरसाइकल र को ७ प ५७८५ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोकिदा एक जनाको मृत्यु भयो।

दुर्घटना हुने क्रममा बा २९ प ४०६ नम्बरको मोटरसाइकलका चालक उर्लावारी वडा नं. ६ का २२ बर्षे शम्भु मोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुई मोटरसाइकल ठोकिदा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो। दसैको दसमीको दिन सिरहाको चर्हावामा अनटेस्ट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सिरहा नगरपालिका वडा नं. ११ का ६५ बर्षे रामप्रसाद साहको उपचारका क्रममा मृत्यु हुन पुग्यो।

यसरी एकपछि अर्को गरी यस बर्ष घटस्थापनाको  (असोज १५) दिनदेखि पूर्णिमाको (असोज २९ ) दिनसम्म १५ दिनको अवधिमा पूर्वमा भएका सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको  छ। अघिल्लो बर्ष घटनास्थापनादेखि पूर्णिमाको दिनको अवधिमा भएको दुर्घटनामा २२ जना  र दुई बर्षअघि ३० जनाको मृत्यु भएको थियो।

यो बर्ष भएका दुर्घटनामा सवैभन्दा बढी मोरङमा भएका २२ वटा दुर्घटनामा परि १० जनाको मृत्यु भएको  छ। मोरङपछि सुनसरीमा बढी दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सुनसरीमा ४ जनाको मृत्यु भएको छ।

मोरङ र सुनसरीमा सर्वसाधारणको बढी चहलपहल हुने र हाइवे आसपास बाक्लो वस्ती हुँदा दसैमा पूर्वका अरु जिल्लाका तुलनामा दुई जिल्ला बढी  दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

 दसैको अवधिमा भएका दुर्घटनामा परि सिरहा, संखुवासभा र धनकुटामा १–१ जनाको मृत्यु भएको छ। उदयपुर र झापामा २–२ जनाको मृत्यु भएको छ ।

 दसैको अवधिमा मोरङ, सुनसरी, सिरहा , सप्तरी, झापा, उदयपुर,  धनकुटा, इलाम, पाँचथर, संखुवासभा र खोटाङमा भएका ७८ वटा दुर्घटनामा १२५ जना घाइते भए । जसमा ५२ जना गम्भीर र ७३ जना सामान्य घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। ‘बढी दुर्घटनामा हुनुमा अरु बेला भन्दा दसैमा ६५ प्रतिशत बढी गाडी भित्रिएका छन् । ती पनि बढी मात्रमा मोरङ–सुनसरीमा गुडछन,’ क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी पवनकुमार गिरीले भने।

त्यसो त असोज १ गतेदेखि १६ गतेसम्मको सुनसरी–मोरङका पूर्व–पश्चिम र कोसी राजमार्गमा भएका दुर्घटनामा परि दस जनाको मृत्यु भएको थियो । त्यो अवधिमा दुर्घटनामा परि मोरङमा मात्र सात जनाको मृत्यु भएको  थियो । सुनसरी क्षेत्रको सडकमा भएका घटनामा परि तीन जनाको मृत्यु भएको  छ। दुर्घटनामा परि ३७ जना घाइते भएका थिए । यसरी पछिल्लो समय मोरङ र सुनसरीमा दुर्घटनाको श्रृख्ला बढ्दो  छ। सुनसरी र मोरङमा  बढी चहल पहल हुने र  खुल्ला सडक भएको स्थानमा दुर्घटना भएको देखिएको छ ।

 

प्रकाशित: ३० आश्विन २०७३ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App