८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी माग

काठमाडौं– नेपाली कांग्रेसको अनुशासन समितिले अनुशासन उल्लंघन गर्ने नेता/कार्यकर्ताका बारेमा उजुरी मागेको छ। मंगलबार बसेको अनुशासन समितिको पहिलो बैठकले यस्ता नेता/कार्यकर्ताको गतिविधिविरुद्ध चैत मसान्तसम्म प्रमाणसहित उजुरी गर्न कार्यकर्तालाई आग्रह गरेको हो। यस्ता उजुरीलाई छानविन गरी कारवाही गरिने बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। 

यस्तै, पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका काम, कारवाही र गतिविधिहरु लिखित रूपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट नगर्न पनि समितिले आग्रह गरेको छ। बैठकले समितिको कार्यविधिसमेत पारित गरेको छ। 

प्रकाशित: १२ चैत्र २०७५ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App