coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा महिन्द्राले ल्यायो ‘बन्डल अफर’

काठमाडौं-अग्नि ग्रुपअन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुसी आउँछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्ने प्रालिले जनाएको छ। 

साथै स्क्र्याच कुपनमार्फत ग्राहकले न्यूनतम दस हजारदेखि एक लाखसम्म नगद प्राप्त गर्ने पनि कम्पनीले बताएको छ। एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करसुविधा तथा हेलमेन्ट पनि निःशुल्क रुपमा ग्राहकले पाउनेछन्।

यस अवधिमा स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्की ड्रमा पनि समावेश गरिने र हरेक १५ दिनमा एक जनालाई होम अप्लायन्स प्रदान गरिने छ ।

प्रकाशित: १२ चैत्र २०७५ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App