८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक सञ्जालबाट रकम संकलन गरेर गाउँमा एम्बुलेन्स सेवा

काठमाडाैं-स्याङ्जाको श्री कृष्ण गण्डकी गाविस–६ मा रहेको ध्रुबज्योती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले उठाएको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरू भएको छ।

असोज २६ गतेदेखी एम्बुलेन्स संचालनमा आएको हो। विद्यालयका पूर्व विद्यार्थीले सामाजिक सञ्जालमा रकम संकलनका लागि अभियान चलाएका थिए। अभियानबाट ३० लाख भन्दा बढी रकम संकलन भएको थियो।

नेपाल सरकारका गृह सचिव लोकदर्शन रेग्मीले एक समारोहकाबीच अाैपचारिक रूपमा एम्बुलेन्स सेवाको शुभारम्भ गरेका हुन्। रेग्मीले पूर्व विद्यार्थीले सामाजिक स्वास्थ्य सेवाका क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे।

ग्रामीण भेगमा बिरामीका लागि सहज यातायात सुबिधा नहुँदा समस्या भोग्नु परेको भन्दै देश भित्रै र बाहिर रहेका उक्त विद्यालयका पूर्व विद्यार्थीले एम्बुलेन्स किन्न रकम जुटाएका हुन्।

दक्षिण कोरियामा रहेर एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक संकलनको अगुवाइ गरेका पूर्व विद्यार्थी राजेश पाण्डेयका अनुसार एम्बुलेन्स सेवा सुरू भएपछि सस्तो दरमा ग्रामीण भेगका बिरामीले स्वास्थ्य लाभ लिन सहज आवतजावतको सुबिधा पाउनेछन्।

प्रकाशित: ३० आश्विन २०७३ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App