८ वैशाख २०८१ शनिबार
समाज

विप्लवको निशानामा ताप्लेजुङका जनप्रतिनिधि

ताप्लेजुङ - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले ताप्लेजुङका जनप्रतिनिधिहलाई निशाना बनाएका छन्। यहाँका जनप्रतिनिधिलाई फोन गर्दै उनीहरूले ‘सहयोग’का लागि दबाव दिने गरेका छन्।

पहिलो दबावमा स्थानीय तहका वडाध्यक्षहरु परेका छन्। त्यसपछि उनीहरुले नगर र गाउँपालिकाका प्रमुखहरुलाई सहयोग गर्न भन्दै छलफलका लागि बोलाउन थालेका छन्। ‘छलफल गरौ आउनुहोस् भन्ने फोन आउँछ,हामीले त्यो अवस्था नरहेको बतायौं ’ फुङ्लिङ वडा नं १ का वडाध्यक्ष पदमबहादुर सुनुवारले भने।

फुङ्लिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले पनि सहयोग दिनुप-यो भन्ने फोन आएको तर आफुले सहयोग दिन नसक्ने जवाफ फर्काएको बताए। विप्लव समुहका कार्यकर्ताहरूले स्थानीय सरकार प्रमुखहरूलाई समेत सहयोग सम्बन्धी छलफलका लागि आफुले भनेको ठाउँमा आइदिन आग्रह गर्न थालेका छन्।

जवाफमा स्थानीय सरकारका प्रतिनिधिले भने छलफलका लागि आउने समय नभएको भन्दै विप्लव समुहका कार्यकर्ताको फोन तर्काउने गरेका छन्। 

प्रकाशित: १२ चैत्र २०७५ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App