नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

मङ्गलबार, १२ चैत २०७५, १४ : १५ नागरिक

काठमाडौं - एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन्।

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। 

यसअघि दुई–दुई खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन्। पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोलअन्तरले पराजित भएको थियो भने आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भयो। यता अफगानिस्तान कतारसँग २–० को हार बेहो-यो भने दोस्रो खेल ओमनसँग २–१ गोलले पराजित भयो। 

यू–२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म छनोट चरण पार गर्न सकेका छैनन्। सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि छनोट चरणमा विभिन्न ११ समूह छन्। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन्।

समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुङ्गो लाग्नेछ। जसमा विजेता टोलीले एएफसी यु–२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ। त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ। 

दुई खेल खेलेको कतारको ६ अंक छ भने समान खेल खेलेको ओमनको पनि समान ६ अंक नै छ। प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन्। (रासस)





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad