coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘लोकस्टार’को सम्झौता

काठमाडौं – नेपालीहरूको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को बजार प्रवद्र्धन र विक्री वितरणको अधिकार एड प्याड नामक मिडिया मार्केटिङ कम्पनीले पाएको छ। एड प्याडका तर्फबाट निर्देशक सरोज बस्नेत र ‘नेपाल लोक स्टार’ उत्पादक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाबीच गत बिहीबार अधिकारबारे सम्झौता भएको हो।

चाहना मिडियाद्वारा जारी विज्ञप्तिमा शोले देशको कुनाकुनामा लुकेका लोक प्रतिभालाइ उजागर गर्ने जनाएको छ। शोको निर्णायक मण्डलमा कलाकार जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल छन्। कार्यक्रमको सञ्चालन ‘मिस नेपाल इन्टरनेसनल २०१२’ शुभेक्ष्या खड्का र लोकगायक अशोक धितालले गर्नेछन्।

शोका लागि प्रतियोगीहरू साइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनबाट छानिनेछन्। यो कार्यक्रम एपीवान टेलिभिजनबाट आगामी २०७६ साल जेठ २५ गतेदेखि हरेक हप्ता शनिबार र आइतबार प्रसारण हुनेछ। कार्यक्रममा ३१ शृंखला रहने र तेश्रो, दोश्रो र पहिलो विजेताहरूलाई क्रमश १० लाख, २५ लाख र ५० लाख पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: १२ चैत्र २०७५ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App