७ वैशाख २०८१ शुक्रबार
कला

राजेन्द्रको ‘फिर्ता चाहियो’

काठमाडौं – साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासंग्रह ‘फिर्ता चाहियो’ सार्वजनिक भएको छ। राजधानीमा जारी पुस्तक मेलामा साहित्यकार वैरागी काइँला,साहित्यकार यादव खरेल, गीतकार एसपी (शंकरप्रसाद) कोइराला, पत्रकार तथा कवि बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल र पुस्तकका लेखक राजेन्द्र थापाले कथासंग्रह सार्वजनिक गरे।

साहित्यकार काइँलाले राजेन्द्रका छोटा र मिठा कथाबाट आफू सधैं प्रभावित हुने गरेको बताए। साहित्यकार खरेलले राजेन्द्र हरेक विधामा कलम चलाएर सबै विधामा सफल भएको उल्लेख गरे। गीतकार कोइरालाले थापाका गीत राम्रा र सफल भएजस्तै उनका कथा पनि उत्तिकै सफल भएको दाबी गरे।

पत्रकार तथा कवि बस्नेतले राजेन्द्र धेरै विषयमा सफल भएको उल्लेख गर्दै थापाको लेखन शैली सरल, सहज र प्रभावकारी भएको बताए। पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो। पुस्तकको मूल्य ३ सय २५ रुपैंयाँ छ।

प्रकाशित: १२ चैत्र २०७५ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App