coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा महिन्द्राको बन्डल अफर

काठमाडौं– अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुसी आउँछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ। यस अन्तर्गत हरेक बाइक तथा स्कुटर खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि एक लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्ने बताइएको छ। यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बिमा, सवारी करको सुविधा तथा आकर्षक हेलमेट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ।

यस अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराई हरेक १५ दिनमा एकजना भाग्यशालीलाई होम अप्लायन्सहरु प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०७५ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App