coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन लाइफद्वारा दाबी भुक्तानी

काठमाडौं–  सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले हृदयघातको सिकार बनेका बिमित बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त रकम एकमुष्ठ भुक्तानी गरेको जनाएको छ।

कम्पनीले आइतबार उपचारको सिलसिलामा काठमाडौंमा रहेका ठकुरीलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेको थियो। कम्पनीका सिओओ दशरथमणि खड्काले ठकुरीलाई चेक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिनाझन्झट तथा बिना कुनै बिल सहज, सरल एवं छिटो दाबी भुक्तानी गरेको कम्पनीको दाबी छ।

कम्पनीले ल्याएको जीवन सारथी योजनाअन्तर्गत बिमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लसमार्फत सर्वाधिक २० घातक रोगविरुद्ध ५० लाखसम्मको औषधिउपचार खर्च पाउँछन्।

प्रकाशित: १२ चैत्र २०७५ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App