चौरी महोत्सवको तयारी सुरु

मङ्गलबार, १२ चैत २०७५, ११ : ४७ नागरिक

पाँचथर – पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो। परम्परागत गोठ राख्ने तथा चौरी पाल्ने परम्पराको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल भारतको सीमाना चाररातेमा महोत्सव हुन लागेको हो।

यसअघि दुई दिन  सञ्चालन हँदै आएको महोत्सव यो वर्ष भने एक दिनमात्र हुँनेछ। विगतमा गैरसरकारी क्षेत्रबाट हुने महोत्सव यो वर्षदेखि फालेलुङ गाउँपालिका आफैंले गर्ने भएको छ। महोत्सवका लागि गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङको अध्यक्षतामा १३ सदस्यीय मुल आयोजक समिति बनाइएको छ। त्यस्तै सरोकारवालालाई समेटेर ८ उपसमिति बनाइएको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए।  

फालेलुङ गाउँपालिकामा एसियामै पहिलो पटक विगत दुई वर्षदेखि यो महोत्सव हुँदै आएको छ। महोत्सवका लागि करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको छ। चौरी महोत्वसमा पाँचथर, ताप्लेजुङबाट चौरी प्रदर्शन गर्ने, विभिन्न स्टल राख्ने, खानपान, र्याक राईडिङ लगायका कार्यक्रम हुने जानकारी दिइएको छ।

समुद्र सतहदेखि ३ हजार ३ सय मिटर उचाईमा महोत्सव हुने गर्छ। महोत्सव अवलोकनका लागि भारत, भुटान तथा नेपालका विभिन्न क्षेत्रबाट मानिसको उपस्थिती रहने गर्छ। गुराँस फूल्ने, हिमाल खुल्ने सिजन भएकाले यो महोत्सवको महत्व बढिरहेको छ।






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad