coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको सिइओमा पोखरेल

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोमबार बसेको सञ्चालक समिति बैठकले हालका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। बैठकले चैत १८ गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि पोखरेललाई सिइओ नियुक्त गरेको हो।

तत्कालीन सिइओ राजनसिंह भण्डारीको समयावधि समाप्त भएसँगै उनलाई जिम्मेवारी दिइएको हो। पोखरेलले स्थापनाकालदेखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०७५ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App