४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

प्रमुख राज्यको चुनावी अभियानमा साम्प्रदायिक गन्ध

आसन्न लोकसभा निर्वाचन अभियानअन्तर्गत आग्रामा आयोजित कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित साह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ। तस्बिर : एजेन्सी

नयाँ दिल्ली – विश्वकै ठूलो लोकतन्त्र भएको भारतलाई अहिले संसदीय निर्वाचनले छपक्कै छोपेको छ। विभिन्न सात चरणमा सम्पन्न हुने भारतको तल्लो सदन लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान अप्रिल ११ जति नजिकिँदै छ, त्यत्ति नै चुनावी अभियान पनि तीब्र बनेको छ।  १९ मे मा अन्तिम चरणको मतदान हुनेछ।

प्हिलो चरणमा मतदान हुनेमध्ये राज्य मध्ये सबै प्रमुख दलले विशेष ध्यान दिएको राज्य उत्तर प्रदेश हो। भारतका २९ राज्यमध्ये सबैभन्दा बढी सिट संख्या रहेको उत्तरी राज्य उत्तर प्रदेशको निर्वाचन यसअर्थमा पनि महत्वपूर्ण छ कि यही राज्यको मत परिणामका आधारमा केन्द्र सरकार कसले बनाउँछ भन्ने निक्र्यौल गरिन्छ।

यद्यपि मतदानको दिन जति नजिकिँदै छ त्यति नै उत्तर प्रदेशको राजनीति तातिरहेको छ। पहिलो चरणको मतदानका लागि उम्मेदवार मनोनयन गर्नका लागि आज अन्तिम दिन थियो। सबै दलले उम्मेदवारको सूची सार्वजनिक गरेसँगै उत्तर प्रदेशमा चुनावी प्रचारप्रसार पनि तीब्र पारिएका छन्। भारतको केन्द्रीय राजनीतिका लागि अत्यन्तै महŒवपूर्ण मानिएको उत्तर प्रदेशमा प्रतिस्पर्धा गरिरहेका दलहरुले एकअर्काप्रति आरोपप्रत्यारोपलाई पनि सँगसँगै लगिरहेका छन्।

भारतीय जनता पार्टीको तर्फबाट उत्तर प्रदेशका मुख्यमन्त्री बनेका हिन्दू राष्ट्रवादी योगी आदित्यनाथले प्रमुख विपक्षी कंग्रेसका एक उम्मेदवार, इमरान मसुदलाई मसुद अजहर नामक एक लडाकु समूहको ज्वाइँ भएको आरोप लगाएका छन्। अजहर पाकिस्तान आधारित लडाकु समूह जैस–ए–मोहम्मदका संस्थापक हुन्। यही समूहले फेब्रुअरी महिनामा भारत प्रशासित कस्मिरको पलुवामा गरेको एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा ४० भारतीय अर्धसैनिक बलका सदस्यको मृत्यु भएको थियो। यसले गर्दा भारत र पाकिस्तानबीच पछिल्लो समय कूटनीतिक तनाब चुलिएको छ।

आदित्यनाथको यस्तो प्रतिक्रियाबाट पनि प्रष्ट हुन्छ कि भारतको आमनिर्वाचनको अभियान कति कटाक्षयुक्त भइरहेको छ भन्ने। यसो त इमरान मसुद आफैंमा भारतीय राजनीतिका विवादित व्यक्ति नै हुन्। मसुदलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘टुक्रा टुक्रा पारिदिन्छु’ भनेका कारण सन् २०१४ मा पक्राउसमेत गरिएको थियो।

‘सहारानपुर निर्वाचन क्षेत्रबाट अजहर मसुदकै भाषा बोल्ने उसकै ज्वाइँ पनि निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। तपाईंहरुले अजहर मसुदको भाषामा बोल्ने उम्मेदवार छान्ने कि विकासको सुनिश्चिता गर्ने मोदीजीको विशेष पात्र राघव लखनपाल छान्ने भनेर निर्णय गर्नु पर्ने भएको छ,’ शनिबार आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा आदित्यनाथले बताएका थिए। आदित्यनाथ सदस्य रहेको भारतीय जनता पार्टीले सन् २०१४ को संसदीय निर्वाचनमा उत्तर प्रदेशमा अन्य दललाई ‘क्लिन स्वीप’ गरेको थियो। सो निर्वाचनमा भारतीय जनता पार्टीले साम्प्रदायिक विभाजन र विकासको प्रतिबद्धताको चार्तुयपूर्ण मिश्रण गरेर सो नतिजा ल्याएको राजनीतिक विश्लेषकहरुले भन्ने गरेका छन्। सोही चार्तुयताको सुत्रलाई यस पटक पनि आदित्यनाथले पछ्याउने रणनीति लिएको आभास भएको विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

निर्वाचनभन्दा दुई महिनाअघि भएको कस्मिर हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै भारतीय जनता पार्टीले आसन्न निर्वाचनका लागि यसैलाई प्रमुख मुद्दा बनाएको छ। आइतबारमात्रै भारतकी विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी नेत्री सुषमा स्वराज र पाकिस्तानी सूचनामन्त्रीबीच ट्विटरमा युद्ध चलेको थियो। दुई हिन्दू महिलालाई अपहरण गरेर पाकिस्तानमा जबरजस्ती विवाह गरिदिएको बारे दुई देशका मन्त्रीबीच ट्विटरमा भनाभन भएको थियो।

प्रकाशित: १२ चैत्र २०७५ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App