८ वैशाख २०८१ शनिबार
खेल

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

काठमाडौं – कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली १–० ले पराजित भएको छ। नेपाल पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको २९ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत निर्णायक गोल गरेको हो।

सुजल श्रेष्ठले कुवेतका खेलाडीलाई डिबक्समा फउल गरेपछि पाएको पेनाल्टीमा युसुफ नासरले गोलमा परिणत गरेका थिए। कुवेतसगँको खेलमा नेपाल निकै दबावमा परेको थियो। पहिलो खेलमा पनि नेपालका गोलकिपर किरण चेम्जोङले १० वटा भन्दा बढी सट बचाएका थिए।

टिममा करिब आधा जति खेलाडी लिएर कुवेत पुगेका प्रशिक्षक योहान कालिनका लागि यो खेल खेलाडीको स्तर मापन गर्ने अवसर थियो। दुवै खेलमा नेपालमाथि कुवेतले दबाव दिएको थियो। यो अवस्थामा नेपालले एउटा पनि पोस्ट प्रहार गर्न सकेन्।

खेलमा भरत खवास, नवयुग श्रेष्ठ र रवि पासवान मैदान सफ्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेपछि भने नेपालले केही लय समातेको थियो। कुवेतविरुद्धको खेलमा नेपाल पासिङ र फिटनेसमा पनि कमजोर देखिएको थियो।

खेलपछि प्रशिक्षक कालिनले कुवेत भ्रमणले नेपाली टोलीको कमजोरी पत्ता लगाउन सहयोग पुगेको बताएका छन्। प्रशिक्षक कालिनले नेपालले कुवेतलाई कडा टक्कर दिएको समेत दाबी गरे। उनले पाली टोलीको अग्रपंति कमजोर रहेको बताए।

 

प्रकाशित: १२ चैत्र २०७५ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App