कस्तो अभिभावकत्व ?

मङ्गलबार, १२ चैत २०७५, १० : ५८ डा. सुभाष पोखरेल

सन्तानको सफलता अभिभावकको चाहना हो। स्कुल पढ्दा बच्चाले आफ्नो कक्षामा सर्वोत्कृष्ट प्रस्तुति गरोस् भन्ने कसलाई लाग्दैन र ? पढाइमा मात्र होइन, जीवनको हरक्षेत्रमा छोराछोरीले सदैव सफलता हासिल गरोस् भन्ने चाहना राख्नु पितृत्व लक्षण नै भयो। बच्चाहरूले संसार चुमेको हेर्ने इच्छा भए पनि तद्अनुरूपको परिणाम आउँदैन। शतप्रतिशत लगनशीलताका साथ काम गर्दा पनि सन्तानले यथोचित न्याय गर्न नसक्दा बाबुआमा निराश हुनु अन्यथा भएन। बच्चाहरूको सफलतामा अभिभावकत्वको महŒवपूर्ण भूमिका रहने भएकाले कस्तो ‘प्यारेन्टिङ’ ले सफलता दिन्छ त भन्ने सबै मातामा कौतुहलता हुनु अन्यथा रहेन। अभिभावकत्व सम्बन्धमा भएका अनुसन्धानको विवेचना यो आलेखको उद्देश्य रह्यो।

सामान्यतः संसारमा ३ किसिमको अभिभावकत्व देखियो। आफ्नो इच्छाअनुसार नै छोराछोरीले अध्ययन तथा पेशा गरोस् भन्ने ‘अथ्योरिटेरियन’ निरंकुश प्रवृत्तिको अभिभावकत्व। यस श्रेणीका बाबुले आफ्नो छोराले फलानो विषय पढोस् र उच्च सफलता देओस् भन्ने चाहना त राख्छ तर बच्चाको सफलताका लागि आफूले के÷कस्तो सहयोग गर्ने भन्ने विषयप्रति भने ऊ चनाखो हुँदैन। बच्चालाई कानुन पढ्ने इच्छा र लगनशीलता दुवै भए पनि आमालाई सन्तान चिकित्सक भएको हेर्न इच्छा भए छोरालाई साइन्समा भर्ना गर्नु यो वर्गको चरित्र भयो। उसको इच्छाविपरित छोरालाई साइन्समा भर्ना गर्ने अनि तैँले जसरी भए पनि डाक्टर बन्नुपर्छ भनी दबाब दिने तर अध्ययनका लागि आवश्यक वातावरण बनाउन भने ध्यान नदिने पिताका कारण यस्तो प्रकृतिको अभिभावकत्वले सकारात्मक परिणाम दिन कठिन हुन्छ।

    सवल र दुर्वल पक्ष मानवीय पहिचान हुन्। बच्चामा रहेको दुर्वल पक्ष उजागर गरेर सवल गुणलाई दबाउँदा विद्यार्थीमा रहेको ऊर्जा निस्तेज हुन्छ। तसर्थ बच्चामा रहेको राम्रो गुणको चर्चा गरेर दुर्वल पक्ष सुधार्न हौस्याउँदा प्रभावकारी हुने देखियो।

दोस्रो किसिमका अभिभावकहरू अघिल्लो श्रेणीका  छोराछोरीले फलानो विषय पढोस् भन्ने चाहनामात्र राख्दैनन् बरु उनीहरूलाई आफूले के कस्तो सहयोग गर्ने भन्ने विषयमा पनि उनीहरू चनाखो हुन्छन्। साइन्स पढन दबाब दिएपछि उनीहरूलाई आवश्यक अध्ययन सामग्रीको बन्दोबस्तलगायतका तयारी गरिदिने दायित्व अभिभावकको हुन्छ। विज्ञानको अध्ययन कठिन हुने भएकाले धेरै समय अध्ययन गर्न दबाब दिन्छन् पिताहरू। बच्चाहरूले कति घण्टा पढ्छन् त्यसको जानकारी मात्र अभिभावकका लागि पर्याप्त हँुदैन बरु आफ्ना छोराछोरी कहाँ जान्छन्, कस्तो साथीसँग संगत गर्छन्लगायत सबै कुराको लेखाजोखा गर्ने भएकाले यसलाई ‘हेलिकप्टर प्यारेन्टिङ’ पनि भनिन्छ। जसरी हेलिकप्टरमा बसेर तल भएका गतिविधि निगरानी गरिन्छ त्यसैगरी अभिभावकले सन्तानको प्रत्येक गतिविधिको निगरानी गर्ने भएकाले यस किसिमको अभिभावकत्वलाई हेलिकप्टर प्यारेन्टिङ पनि भनिन्छ। नेपाललगायत एशियाका अधिकांश मुलुकमा यस किसिमको अभिभावकत्वको वर्चस्व देखिन्छ।

तेस्रो किसिमका अभिभावकहरू बच्चाको कार्यक्रममा सहभागी त हुन्छन् तर सन्तानसँग उनीहरूले खासै आकांक्षा भने राख्दैनन्। चाहअनुरूपका विषयहरू पढ्ने तथा बच्चाहरूको मागअनुरूपको सुविधा आमा÷बाबुले उपलब्ध गराउने भए तापनि अभिभावकहरूले सन्तानबाट कुनै पनि प्रतिफलको आशा राख्दैनन्। अभिभावक र सन्ततिका सम्बन्धमा औपचारिकतामा सीमित रहन्छन्। छोराछोरीहरू आफ्ना इच्छाअनुरूपको काम गर्न स्वतन्त्र हुने अनि सन्ततिले जे गरे पनि बाबुआमाले हस्तक्षेप नगर्ने हँुदा बच्चाहरूले कुबाटो समाउने सम्भाव्यता धेरै देखियो। तर अर्को पाटो, यस श्रेणीमा बच्चाहरू आमाबाबुको दबाबको बदला आफ्ना चाहअनुरूपको विषय अध्ययन गर्न तथा पेशा समाउन स्वतन्त्र हुने भएकाले सिर्जनशीलता प्रष्फुटन हुने सम्भाव्यता भने प्रचुर देखिन्छ।

१८ वर्ष उमेर पुगेपछि सबै किसिमका स्वतन्त्रताको प्रत्याभूति गर्ने संयुक्त राज्य अमेरिकालगायतका पाश्चात्य मुलुकमा यस किसिमको अभिभावकत्वको वर्चश्व देखियो। अध्ययन गर्दागर्दै माइक्रोसफ्ट कम्पनीको सपना देख्ने बिल केट्स र फेसबुकको तानाबाना बुन्ने मार्क जुकरबर्गको बदला कुनै नेपालीको सन्तान त्यस ठाउँमा भएको भए के हामीले आफ्ना सन्तानलाई हार्वर्ड विश्वविद्यालयको पढाइ छाडेर सपनाको संसारमा रम्ने स्वतन्त्रता दिन्थ्यौँ होला त ? निश्चय नै हामीले उक्त छूट दिने थिएनौँ। पाश्चात्य अभिभावकत्वले सिर्जनशीलताको अवसर प्रदान गर्छ भन्नुको कारण छोराछोरीको चाहनामा आमाबाबुले हस्तक्षेप नगर्नु नै हो।

अथ्योरिटेरियन अभिभावकत्वले बच्चाले डाक्टर बनोस् भन्ने चाहना राख्ने तर उसलाई चिकित्सक बन्न के÷कस्ता सहयोग गर्ने भन्ने विषयको उठान नगर्ने भएकाले सन्ततिले सफलता हासिल गर्न नसक्ने देखियो। पाश्चात्य ढाँचाको अभिभावकत्वले सिर्जनशीलताको ढोका खोल्न सक्ने भए तापनि काँचो उमेरका केटाकेटीले आफ्ना लागि के ठीक हो भन्ने विषयको निक्र्याेल गर्नुको बदला भावनामा बगेर निर्णय गर्न सक्ने भएकाले संकट निम्त्याउने देखियो। जोखिमको तुलनामा प्रतिफलका सम्भाव्यता न्यून देखिँदा पाश्चात्य ढाँचाको अभिभावकत्वसमेत नेपाली हिसावमा त्यति लाभप्रद् देखिएन। त्यसैले नेपाली परिवेशलाई नियाल्दा हेलिकप्टर प्यारेन्टिङ हाम्रा लागि लाभप्रद् देखियो।

ग्लोबलाइजेसनपछिको श्रमको स्वतन्त्र प्रवाहका कारण गरिबहरूले समेत वैदशिक रोजगारीमार्पmत रकम भित्र्याए। शिक्षाप्रतिको आकर्षणका कारण गरिबले समेत आफ्ना सन्तानलाई राम्रो स्कुलमा भर्ना गरेका देखियो। कतारको गर्मीमा खट्दासमेत सन्ततिका बारेमा चिन्ता गर्छन् नेपाली। सम्पन्न तथा विपन्न दुवै समानरूपले सन्तानको उज्ज्वल भविष्यका लागि घोत्लिएको देखियो।

सम्पत्ति नहुनेका सन्तानले राम्रो पढेको र सभ्रान्तका बच्चा सडकमा बरालिएका देखियो। मानिसको सफलतामा धेरै तत्वले प्रभाव पार्छ। तर अभिभावकत्वको भूमिका भने सबैभन्दा उच्च रहने भएकाले त्यसको चर्चा सान्दर्भिक देखियो। सन्ततिको सफलतामा आमाबाबुको महत्वपूर्ण भूमिका हुने भएकाले के गर्ने के नगर्ने भन्ने कुरामा अभिभावक चनाखो हुन आवश्यक देखियो। आफ्ना छोराछोरीले चाहेअनुसारको अवसर प्रदान गर्ने र सन्ततिसँग अपेक्षा नराख्ने पाश्चात्य नागरिकका सन्ततिले उल्लिखित सफलता हासिल नगरेको अनि छोराछोरीले के गरे त्यसको हरदम लेखाजोखा राख्ने ‘हेलिकप्टर प्यारेन्टिङ’ को संस्कार रहेको नेपाललगायत एशियन मुलुकका बालकहरूले लोभलाग्दो उन्नति गरेका अवस्थामा हामीले अर्काको नक्कल गर्नुको बदला आफ्नो मौलिक अभिभावकत्व कायम राख्न आवश्यक देखियो। त्यसै सन्दर्भका विश्लेषण आवश्यक देखिए।

    अध्ययन गर्दागर्दै माइक्रोसफ्ट कम्पनीको सपना देख्ने बिल केट्स र फेसबुकको तानाबाना बुन्ने मार्क जुकरबर्गको बदला कुनै नेपालीको सन्तान त्यस ठाउँमा भएको भए के हामीले आफ्ना सन्तानलाई हार्वर्ड विश्वविद्यालयको पढाइ छाडेर सपनाको संसारमा रम्ने स्वतन्त्रता दिन्थ्यौँ होला त ?

सवल र दुर्वल पक्ष मानवीय पहिचान हुन्। बच्चामा रहेको दुर्वल पक्ष उजागर गरेर सवल गुणलाई दबाउँदा विद्यार्थीमा रहेको ऊर्जा निस्तेज हुन्छ। तसर्थ बच्चामा रहेको राम्रो गुणको चर्चा गरेर दुर्वल पक्ष सुधार्न हौस्याउँदा प्रभावकारी हुने देखियो। विज्ञानमा उच्च र हिसाबमा कमसल प्रस्तुति गर्ने विद्यार्थीलाई फलानो साइन्समा निकै जान्ने छ अनि उसले म्याथमा अलि मेहनत नगरेका कारण कम नम्बर आयो भन्दा सकारात्मक सन्देश जान्छ र छात्रमा मेहनत गर्ने संस्कार बस्छ। त्यसको बदला, फलानो हिसावमा कमजोर छ भन्ने कुरालाई मात्र महŒव दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने कुरामा ध्यान दिनुपर्छ। अझ सार्वजनिकरूपमा उसकै अघि दुर्वल पक्ष उजागर गर्दा विपरित हुने सबैले हेक्का गर्नुपर्ने देखियो।  

सन्तानको बानीका बारेमा आमा सबैभन्दा बढी जानकार हुन्छिन्। त्यसैले छोरीले के गर्दा उसले उच्च सफलता हासिल गर्न सक्छे भन्ने कुरामा आमाको बोलवाला हुनुपर्छ। साहित्यमा दख्खल भएकी छोरीलाई म्याथ पढ्न पठाउँदा उसले कस्तो गर्ली ? ध्यान दिन आवश्यक देखियो। अभिभावकको सोच सन्ततिलाई निस्प्रभाव कडा चुनौतीमा धकेल्नु भन्दा कसरी सफल बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्छ।

नेपाली समाजमा सन्तानको सफलताको सिँढीमा आएका तघाराहरू हटाउने प्रवृत्ति अनौठो भएन। तर दैनिकरूपमा आउने चुनौतीहरू अभिभावकले हल गर्ने प्रवृत्तिले बच्चामा परनिर्भरता निम्तने कुरामा हेक्का राख्न आवश्यक देखियो। उदाहरणका लागि बच्चाले सामना गर्नुपर्ने विषयमा शिक्षकसँग अभिभावकले अनावश्यक अन्तरक्रिया गर्दा राम्रो सन्देश नजान सक्छ।

बच्चाले सदैव आमाबाबुको क्रियाकलापको निगरानी राखिरहेका हुन्छन् र सन्ततिका लागि प्रथम ‘रोल मोडल’ अभिभावक नै हो। तसर्थ, बच्चासँग आफूले राखेको अपेक्षा र आफ्नो दैनिकीका बीच तालमेल रहे÷नरहेको विचार गर्नुपर्ने हुन्छ। आफू सधैँ आइफोनमा झुण्डने अनि सन्तानलाई ट्याब्लेट नचलाउ भन्दा प्रभावकारी नहोला।

अभिभावकत्वका सम्बन्धमा मुख्य ३ ढाँचाको चर्चा गरियो। कस्तो अभिभावकत्वले बच्चालाई सफलता हासिल होला भन्ने सम्बन्धमा एकै ढाँचा सबैका लागि प्रभावकारी हुन्छ भन्ने छैन। एशियनका लागि प्रभावकारी देखिने ‘हेलिकप्टर प्यारेन्टिङ’ खैराहरूका सन्तानका हकमा लागु नहुन सक्छ। सबैभन्दा महŒवपूर्ण कुरा बच्चाहरू पितासँग त्राहिमाम भएर आदेश पालन गर्नुभन्दा उनीहरूले आमाबाबुको कुरा सुन्ने र पारस्परिक विश्वासको वातावरण बन्नु महत्वपूर्ण हो। समयको बहाबसँगै बच्चाका बेहोरा परिवर्तन हुन्छ र अभिभावकका आवश्यकता फेरिन्छ। तर सन्तान र अभिभावकको सम्बन्ध सदैव न्यानो, सहयोगी र पारस्परिक विश्वासमा आधारित हुनुपर्छ। परिवर्तित सन्दर्भमा सन्तानले आफ्ना आकांक्षा पूरा गर्न नसके अधैर्य बन्नुभन्दा आफ्ना माग पुनर्विचार गर्नु व्यावहारिक हुन्छ। सन्तानको जीवन सजिलो बनाउन भन्दा आगामी चुनौती सामना गर्ने मन्त्र सिकाउन उचित हुन्छ। सन्तानले कति पढ्यो अथवा कति कमायो भन्दा पनि सन्तान सुपात्र छ कि छैन भन्ने कुरा सर्वाधिक महŒवपूर्ण हो। सुपात्र सन्ततिको उत्पादन अभिभावकत्वको मूल मन्त्र देखियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad