६ वैशाख २०८१ बिहीबार
खेल

दीपेश र प्रिन्स अन्तिम सोह्रमा

पुरुष एकलमा एपिएफका इन्द्र महतोको सट फर्काउँदै सिल्क ग्रुपका प्रिन्स दाहाल । तस्बिरः नागरिक

काठमाडौं – सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम सोह्रमा प्रवेश गरेका छन्। 

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको दोस्रो दिन नेपाल नम्बर दुई खेलाडी दीपेशले म्याग्दीका विजय बानियाँलाई २१–८ र २१–८ को समान अंकले हराउँदै अन्तिम सोह्रमा स्थान बनाएका हुन्। 

दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिजका स्वर्णधारी प्रिन्सले पनि एपिएफका इन्द्र महतोलाई २१–१२, २१–१० को सोझो सेटमा पराजित गरे। पुरुष एकलमै पेम्बा शेर्पा, गौतमसिंह कठायत, सुदीप सेढार्, निरञ्जन देवकोटा, विजित थापामगर, सुनील जोशी, नीरविक्रम देवकोटा र साजनकृष्ण ताम्राकार पनि आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन्। 

पेम्बाले नेपाल प्रहरीका हीरा राईलाई २०–२२, २१–१९, २३–२१ ले, गौतमले इटहरीका भोजबहादुर गुरुङलाई २१–१५, २१–१५ ले, सुदीपले कञ्चनपुरका गोकुल जोरालाई २६–२४, २१–१३ ले, निरञ्जनले सेनाका विशाल खड्कालाई २१–१४, २१–१९ ले, विजितले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापालाई २१–१७, २१–१९ ले, सुनील जोशीले पुलिसका पूर्णबहादुर थापालाई २१–९, २१–१६ ले, नीरविक्रमले जेष्टकै अखिल श्रेष्ठलाई २१–१६, २१–१३ ले तथा साजनले कैलालीका अमृत चौधरीलाई २१–१३, २१–१५ ले पाखा लगाए।

पुरुष एकलमै त्रिभुवन आर्मीका प्रफुल महर्जन, दिवस शंकर, रुकेश महर्जन, नेपाल पुलिसका दीपक बोहरा, विष्णु कटुवाल र जीवन आचार्यले पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन्। प्रफुलले जेष्टका अनिश खतिवडालाई २१–७, २१–११ ले, दिवसले स्वयम्भूका गोकुल तामाङलाई २१–९, २१–१३ ले र रुकेशले एपिएफका सुमन लिम्बुलाई २१–१३, २१–१६ ले पराजित गरेका थिए।

दीपकले आर्मीका पविन लिनथेपलाई २१–१७, १९–२१, २१–१५ ले, विष्णुले जेष्टका अनिश तामाङलाई २१–८, २१–१० ले तथा जीवनले एपिएफका प्रियांशुसिंह क्षेत्रीलाई २१–१४, २१–११ ले पराजित गरेका थिए। पुरुष युगलतर्फ पनि प्रिन्स दाहाल अन्तिम १६ मा स्थान बनाउन सफल भए। प्रिन्सले एपिएफका नीरविक्रम देवकोटासँग मिलेर ललितपुरका मनीष वज्राचार्य र रुकेश शाक्यको जोडीलाई २१–११, २१–९ ले हराउँदै अन्तिम १६ मा स्थान बनाए।

पुरुष युगलमै एपिएफका दीपेश र विजितको जोडी, आर्मीका रुकेश महर्जन र पविन लिनथेप तथा प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । पुरुष युगलमै एपिएफका मनोज डगौरा र म्याग्दीका विजय बानियाँको जोडीले ललितपुरका निशेषराज शाक्य र सुजित महर्जनको जोडीलाई २१–१३, २१–१३ ले, एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले धादिङका मोहन गुरुङ र रूपक श्रेष्ठको जोडीलाई २१–९, २१–१० ले हराउँदै अन्तिम सोह्रमा स्थान बनाएका छन्।

सोही विधामा एपिएफका पेम्बा शेर्पा र प्रियांशुसिंह क्षेत्रीले जेष्टका राम बानियाँ र सुजन थापाको जोडीलाई २१–१७, १२–२१ र २१–१९ ले पराजित गरे।  पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले जाजरकोटका राजु भँडेल र ठगेन्द्र रानाको जोडीबाट वाक ओभर पाउँदा सुर्खेत नरेन्द्र बम र र बाराका अनिश खतिवडाको जोडीले एपिएफका राजीव पोदार र गणेश पराजुलीको जोडीलाई २१–१८, २१–१८ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो। 

मास्टर्स ३५ वर्षमाथि एपिएफका कमल गिरी र सुधीर सुवेदीको जोडीले एपिएफकै हर्कराज पन्त र लक्ष्मण थापाको जोडीमाथि २१–१६, २१–१४ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनायो। प्रतियोगितामा पुरुष÷महिला एकल तथा युगल, मिश्रित युगल, १७ वर्षमुनिको छात्र तथा छात्रा, निजामती कर्मचारी, सशस्त्र, पुलिस र सेनाका कर्मचारीका लागि मास्टर्स ३५ वर्षमाथि, ४५ र ५५ वर्षमाथिको भेट्रान्स गरी कुल २ सय ८७ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। प्रिक्वार्टरफाइनलका सबै खेल सोमबार हुने प्रतियोगिताका रेफ्री किरणगोपाल कारञ्जितले बताए।

 

प्रकाशित: १२ चैत्र २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App