७ वैशाख २०८१ शुक्रबार
खेल

महिला क्रिकेट टोली एसिया कपका लागि छनोट

काठमाडौं- नेपाली महिला क्रिक्रेट टोली एसिया कपका लागि छनोट भएको छ। शनिबार हंङकङमा सम्पन्न चीनविरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै नेपाल समुहको दोस्रो स्थानमा रहँदै  एसिया कपका लागि छनोट भएको हो।

नेपाल समुको ६ खेलमध्ये ३ जित र ३ हारका साथ उपविजेतामा सिमित भएको छ। त्यस्तै थाइल्याण्ड आयोजक हङकङलाई ७ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै एसिया कपका लागि छनोट भएको छ। समूहमा ६ खेल मध्ये ५ खेलमा जित हात पारेको थाल्याण्ड महिला विश्वकपका लागि समेत छनोट भएको छ।

शनिबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको चिनले  ७ विकेटको क्षतीमा ८५ रनमात्र बनाउन सक्यो। जवाफमा ८६ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले १७ ओमर ३ बलमा ६ विकेटको क्षतिमा विजयी लक्ष्य हात पार्न सफल भयो।

नेपालका लागि नेरी थापाले २२, सीता रानामगरले २० र कप्तान रुविना क्षेत्रीले अविजित १६ रनको योगदान गरिन्। खेलमा १६ रनको अविजित पाली खेल्दै २ विकेटसमेत लिएकी क्षेत्री प्लेर्यस् अफ दी म्याच घोषित भइन्।

मंसिरको १२ गतेबाट थाइल्याण्डमा हुने महिला एसिया कप २०१६ मा आयोजक थाइल्याण्ड र नेपालसँगै, टेस्ट मान्यता प्राप्त राष्ट्र भारत, श्रिलंका, पाकिस्तान र बंगलादेशले सहभागीता जनाउने छन्।

प्रकाशित: ३० आश्विन २०७३ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App