coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बोल्न र सुन्न नसक्नेलाई सहज बनाउँदै श्रवणयन्त्र

काठमाडौं वसुन्धराकी १७ वर्षीया गरिमा काफ्ले र कञ्चनपुरका ७ वर्षीय विवेक जोशी। कक्लियोपलान्ट नेपाल ग्रुपको कार्यक्रममा।

काठमाडौं - काठमाडौं बसुन्धराकी १७ वर्षीया गरिमा काफ्ले १३ वर्षअघि न कान सुन्थिन् न बोल्नै सक्थिन्। उनको दिदीलाई पनि यस्तै समस्या थियो। भएका दुवै सन्तानलाई कान नसुन्ने र बोल्न नसक्ने समस्या भएको थाहा पाएपछि उनका बाआमा गम्भीर चिन्तामा फसे। उनीहरु उपचारको खोजीमा भौंतारिए। भारत पनि पुगे। सो क्रममा त्रिवि शिक्षण अस्पतालमा जन्मजात कान नसुन्ने बच्चाहरुको उपचार हुने जानकारी पाए।

उपचारको लागि त्रिविवि शिक्षण अस्पताल पुगे। चिकित्सकले बच्चाहरुको शल्यक्रिया गरी कान र मस्तिष्कमा कक्लियो प्रत्यारोपण गरे। त्यसपछि गरिमालाई स्पिच थेरापी गराइयो। उनी सामान्य मानिसजस्तै बोल्न, सुन्न र बुझ्न सक्नेभइन्। अपागंता झैं बनेकी छोरी बोल्न सुन्न सक्ने भएपछि काफ्ले दम्पत्तिमा खुसीको सीमा रहेन। ‘पहिला केही काम पर्‍यो भने कि इसारा गरेर बोल्नुपथ्र्यो कि हानेरै बोलाउनु पथ्र्यो। उपचारपछि त खुसीको सीमा नै छैन,’ आमा मीना काफ्लेले नागरिकसँग भनिन्।

गत शनिबार साँझ कक्लियो इम्पालन्ट नेपाल गुप्रले उनको जीवनको परिवर्तन सुनाउन कार्यक्रममा सहभागी गराएको थियो। कार्यक्रममा बोल्दै गरिमाले भनिन्, ‘कक्लियो इम्पलान्टपछि मेरो जीवन नै परिवर्तन भएको छ। मेरो उपचारमा संलग्न डाक्टरहरुलाई धन्यावाद।’

सो कार्यक्रममा बोल्दै गरिमाले अध्ययनमा मिहेनत गरेको सुनाइन्। आमा मीनाका अनुसार गरिमाले एसएलसीमा ८७ प्रतिशतमा उत्र्तीण भइन्। हाल युनिग्लोव कलेजमा विज्ञान विषय अध्ययनरत छिन्। उनी चित्रकलामा पनि उत्तिकै दक्ष छिन्। गरिमाकी दिदी नुतनको पनि सोही अस्पतालमा उपचार भएको हो। उपचारमा समय लाग्दा पढाइ केही ढिला भयो। हाल उनी ललित कला विषयमा कक्षा १२ मा अध्ययनरत छिन्।

कञ्चनपुरका ७ वर्षीय विवेक जोशी पनि कार्यक्रममा सहभागी थिए। उनको पनि गरिमाकै जस्तो जन्मँदै कान नसुन्ने र बोल्न नसक्ने समस्या थियो। तीन वर्षअघि सोही अस्पतालमा भएको उपचारपछि उनी बोल्न र सुन्न सक्ने भए। अहिले पढाइमा प्रगति गरिरहेका छन्। कक्षामा प्रथम हुन्छन्। कक्षा १ मा पढ्छन्। पढाइ बाहेक चित्रकला र नृत्यमा पनि रुचि राख्छन्। पिता कपिल जोशीका अनुसार कक्लियो प्रत्यारोपण पछि उनमा क्रान्तिकारी परिवर्तन आएको छ, धेरै कुरामा सुधार हुँदैछ।

कक्लियोइमपलान्ट विशेष प्रकारको यन्त्र कान भित्र र बाहिर मस्तिष्कको नजिकको भागमा जडान गरिन्छ। कानको शल्यक्रिया गरी यो यन्त्र जडान गरिन्छ। त्यसपछि विभिन्न थेरापी गरी प्रत्यारोपण भएका बालबालिकालाई सामान्य मानिस सरह बोल्न सिकाइन्छ। यो उपचार नेपालमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मात्र हुने गरेको छ।

प्रकाशित: १२ चैत्र २०७५ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App