८ वैशाख २०८१ शनिबार
समाज

रत्नपार्क आउँदै गरेको बस दुर्घटना, तीनको अवस्था गम्भीर, चालक फरार

काठमाडौं - दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका २४ मध्ये ३ को अवस्था गम्भीर रहेको  छ। 

ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए।

उनका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ। १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ।

दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए। उनले भने,‘दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १२ चैत्र २०७५ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App