coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छाया सेन्टर निर्माण गर्नेमाथि कारबाही माग

काठमाडौं - राजधानीको ठमेलमा ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गर्नेमाथि कारबाहीको माग गरिएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पोखरी मासेर कम्प्लेक्स बनाउनेमाथि कारबाहीको माग गरेका हुन्।

‘कमलपोखरीको जग्गा निजी बनाउने र छाया सेन्टरका नाममा व्यापार गर्नेमाथि कारबाही हुनुपर्छ,’ सुवालले भने, ‘संसद्मा विधयेक ल्याएर निजी बनाइएको कमलपोखरीको जग्गा सार्वजनिक बनाइयोस्।’ गुठी संस्थानअन्तर्गतको ठमेलस्थित कमलपोखरी मासिनेगरी निजी बनाइएको उल्लेख गर्दै सम्पदाको जग्गालाई विधेयक ल्याएर सार्वजनिक बनाउन माग गरे। सार्वजनिक जग्गा हडप्ने गतिविधि बढेकोमा सरकारको ध्यानाकर्षण गराए।

नागरिक दैनिकमा कमलपोखरीको जग्गा हडपेर छाया सेन्टर बनाइएको समाचार प्रकाशित भएपछि सरकार र संसद्मा चासो बढेको छ। यसअघि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्वजनिक जग्गा हडप्नेहरूमाथि सरकारले कारबाही गर्ने बताएकी थिइन्। संसद्मा संघीय समाजवादी फोरमकी सांसद रेणुका गुरुङले पनि कमलपोखरी मासिएको घटनाको छानबिन गरी कारबाहीको माग गरेकी थिइन्।

प्रकाशित: १२ चैत्र २०७५ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App