७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रतिबन्धकाे विराेधमा विप्लवद्वारा चरणबद्ध आन्दोलनको घोषणा, लगानी सम्मेलनमा असर गर्ला?

काठमाडाैँ - पछिल्लो समय आफ्ना नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै बन्दको घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ।

चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी नेकपाले दिएको छ। स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफ्तारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्।

विध्वंशकारी गतिविधिलाई श्रृंखलाबद्ध रुपमा निरन्तरता दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा सरकारले उक्त विप्लवको नेकपामाथि प्रतिबन्ध लगाएको थियो। यहि चैत्र १५ र १६ गते लगानी सम्मेलन हुन लागेका बेला विप्लवको नेतृत्वको नेकपाले १६ गते नै नेपाल बन्दको घोषणा गरेपछि सम्मेलनमा असर पुग्ने उद्योगीहरु बताउँछन्। चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गर्दै विप्लवले पार्टी  स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमको मिति समेत सार्वजनिक गरेको छ। 

विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App