८ वैशाख २०८१ शनिबार
समाज

टिपरको ठक्करबाट महिलाको मृत्यु

पाल्पा- निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ११ चैत्र २०७५ १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App