coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव बेचविखन गर्ने दुई जना पक्राउ

काठमाडाैं- नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार मकवानपुरका ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई आइतबार कलङ्कीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पत्रअनुसार मानव बेचविखन गरेर फरार रहेका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

यसैगरी प्रहरीले जबर्जस्तीकरणी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरले जबर्जस्तीकरणी मुद्दामा फरार सिन्धुलीका ३३ वर्षीय अर्जुन सुवेदीलाई आइतबार नयाँबजारबाट पक्राउ गरेको हो। 

प्रकाशित: ११ चैत्र २०७५ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App