coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जगदम्बाको जस्ता प्लान्ट विस्तारमा स्थानीयको विरोध

बारा– वीरगन्ज–पथलैया औद्योगिक करिडोरको रुपमा रहेको सिमराको जगदम्बा स्टिल प्रालिले बिस्तार गरिरहेको नयाँ जस्ता प्लान्टलाई रोक्न स्थानीयहरुले माग  गरेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई आइतबार ज्ञापन पत्र बुझाउँदै स्थानीयहरुको एक टोलीले नयाँ जस्ताको प्लान्ट बिस्तारमा रोक लगाउन माग गरेको हो।

नयाँ स्थानमा भैरहेको जस्ता प्लान्ट सन्चालनमा आएपछि यसको प्रदूषणले सिमरामा बस्नमा समेत समस्या हुने भएकोले जस्ता प्लान्ट रोक्नु पर्ने ज्ञापन पत्र बुझाउँदै मनोज पौडेलले बताए।

जगदम्बार स्टिलको भट्टीबाट निस्कने धुवाले गर्दा सिमरावासीमा पहिलादेखि नै प्रदूषण गरेको र जस्ता प्लान्टले प्रदूषणलाई बढावा दिने भएकोले यसको सन्चालनमा रोक लगाउन जरुरी रहेको अर्का स्थानीय श्यामबाबु गुप्ताले बताए।

ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले उद्योगले बिस्तार गर्न लागेको प्लान्टलाई आफूले रोक्न नसक्ने तर उद्योगले प्रदूषण नियन्त्रण गर्न अपनाउनु पर्ने शर्तहरुको बारेमा बुझ्न सकिने बताए।

शंकर ग्रुप अन्तर्गत रहेको जगदम्बार स्टिल प्रालिले जस्ता पता उत्पादन गर्नको लागि पाँच अर्बको लगानीमा आधुनिक जस्ता प्लान्ट स्थापना गर्ने लागेको छ।

‘बिस्तार भैरहेको जस्ता पाता उत्पादन गर्ने प्लान्ट आधुनिक किसिमले निर्माण गर्न लागिएको  छ’, जगदम्बार स्टिलका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘बिस्तार भैरहेको प्लान्टमा प्रदूषण नियन्त्रण यन्त्रहरु समेत जडान गरिने छ।’ 

बिस्तार गर्न लागिएको प्लान्टबाट धुवा न्यून मात्रामा निस्कने र यसमा एक पटक प्रयोग भएको पानीलाई प्रशोधन गरि पुनः प्रयोग गरिने अग्रवालले बताए।

स्थापना भैरहेको जस्ता प्लान्टका मेसिनरीहरु आधुनिक भएकोले हल्ला गरे जस्तो प्रदूषण नहुने दावी अग्रवालले गरे।

उद्योगहरुमा लगानी विस्तार गरेर रोजगारी बृद्धी गर्न र व्यपार घाटा कम गर्ने सरकारले उद्योगी व्यवसायीलाई आग्रह गरिरहेको अवस्थामा अर्बौ अगानीमा सन्चालन गर्न लागिएको जस्ता प्लानको बिरोध केही व्यक्तिहरुले निजी स्वार्थको लागि गरेको उनले बताए।

उद्योगले सिमराका स्थानीय अगुवाहरु र राजनीतिक दलका प्रतिनिधिको समन्वयमा पहिलादेखि नै समाजमा सहयोग गर्दै आएपनि उद्योगको सकारात्मक पक्ष पनि हेर्न जरुरी रहेको अग्रवालले बताए।

देशकै ठूलो स्टिल उद्योगको रुपमा रहेको जगदम्बा स्टिलले तीन हजारको हराहारीमा प्रत्यक्ष रुपमा रोजगारी दिएको छ भने देशमा खपत हुने फलामे डण्डी लगायतका सामग्रीहरुको ५० प्रतिशत जति आपूर्ति गर्दै आएको उद्योगले जनाएको छ। 

केही बर्ष पहिला पनि जगदम्बा स्टिलबाट प्रदूषण भएको भन्दै स्थानीयहरुले बिरोध गर्दा करोडौं लगानी गरेर उद्योगले प्रदूषण नियन्त्रण पलान्ट समेत जडान गरेको उद्योगका निर्देशक पवनबाबु गुप्ताले बताए।

पहिला नै १५ करोड भन्दा बढी खर्च गरेर प्रदूषण नियन्त्रण पलान्ट जडान गरिसके पनि अहिले वनमा लागेको डढेलोको धुवाँलाई उद्योगबाट निस्केको भन्दै हल्ला गरेर उद्योगलाई बदनाम गर्न खोजिएको गुप्ताले बताए।

वीरगन्ज–पथलैयालाई सरकारले औद्योगिक करिडोर घोषणा गरेको अवस्थामा नयाँ प्लान्टहरु बिस्तारको बिरोध गरेर केही स्थानीयले करिडोरमा लगानीको वातावरण बिगार्न खोजेको गुप्ताको आरोप छ।

उनले सिमराको बस्ती विकास हुनु भन्दा पहिलादेखि नै उद्योग सञ्चालनमा आएको र पछि उद्योगसँग टाँसिएर घर बनाउने प्रदूषण भएको भन्दै बिरोधमा लाग्नु राम्रो नभएको गुप्ताले बताए।

प्रकाशित: ११ चैत्र २०७५ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App