coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन र फ्रान्स विशेष मित्र : राष्ट्रपति सी

फ्रान्स- चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन्। फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहेका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा बताए। 

उनले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यसको सन्देश बाँकी विश्वलाई दिनुपर्नेमा जोड दिए। उनले भने, “गत शताब्दीको साठीको दशकमा जनरल चार्ल्स डे गाउलेले जन गणतन्त्र चीनसँग चौतर्फी कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएको थियो। चिनियाँले यसको प्रशंसा गरेका छन्। त्यसैले फ्रान्सप्रति चिनियाँको विशेष भावना छ।” 

हाल फ्रान्समा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या करीब चालीस हजार रहेको छ भने एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन्। 

हाल विश्वको विभिन्न मुलुकको सामु अभूतपूर्व परिवर्तन देखापरेको छ। यस्तो पृष्ठभूमिमा फ्रान्स र यूरोपेली संघले बाह्य सम्बन्धमा सामन्जस्यता कायम गर्न अन्वेषण गरेका छन्। चीन र यूरोपेली संघले निरन्तर अगाडि बढाइरहेको अन्तरक्रियाका क्रममा फ्रान्सका केही विद्वानले “बीआरआई“माथि ध्यान दिएका छन्। 

विश्वमा चीन र फ्रान्सले प्रभावकारी महत्वपूर्ण मापदण्ड सम्झने र पालना गर्ने मात्र दुई मुलुकको विशेष सम्बन्ध सुदृढ पारिने र विकास गरिने छ। 

सन् २०१८ मा चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा बिक्री रकम ४५० खर्ब चिनियाँ युआन पुगेको थियो। चीन विश्वको सबैभन्दा ठूलो उपभोग बजार बनेको थियो। चीन बजारले चीनका व्यापारिक साझेदारी खास गरी फ्रान्सका लागि ठूलो अवसर उपलब्ध गराएको छ। चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला दुई महिना चीनले फ्रान्सबाट आयात गरेको मात्रामा ४२.२ प्रतिशतले बृद्धि भएको छ। सिन्ह्वा

प्रकाशित: ११ चैत्र २०७५ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App