coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदीय दलमा प्रधानमन्त्रीले भने : विप्लव समूहका गतिविधि पूर्णरुपमा रोकिन्छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा विप्लव समूहका गतिविधि पूर्णरुपले रोकिने बताएका छन्।

बानेश्वरमा बसेको दलको बैठकमा प्रधानमन्त्री ओलीले विप्लवका गतिविधिका कारण विकासमा असर पर्ने हुँदा सरकार त्यस्ता गतिविधिलाई रोक्न अघि बढेको बताए।

२५ वर्षको विकास योजना बनाएर आगामी बजेट अधिवेश हुने प्रधानमन्त्रीको भनाई छ। विकासबारे सुझाव लिन गाउँगाउँमा पुगेर जनतासँग छलफल गर्न समेत उनले सांसदलाई निर्देशन दिएका छन्।

समाजवादी प्रणाली अनुरुप अघि बढ्ने बताउँदै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासनै अहिलेको लक्ष्य भएको बताए। उनले पार्टी एकताको विषय छिट्टै टुंगिने भन्दै सबैलाई ढुक्क हुन आग्रह गरे। नेकपाका माथिल्ला कमिटीको एकता टुंगो लागे पनि जिल्ला, गाउँ, तथा भ्रातृ संगठनको एकता टुंगो लागेको छैन।

प्रकाशित: ११ चैत्र २०७५ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App