दसैँको अवधिमा साना सवारी दुर्घटना बढी

आइतबार, ३० असोज २०७३, ११ : ४० नागरिक

बुटवल- चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए ।

विगतका वर्षहरूको तुलनामा यसवर्ष ठूला सवारी साधनभन्दा अधिकांश साना सवारीको दुर्घटनामा धेरै क्षति भएको पाइएको छ । चाडपर्वका समयमा दसँै मनाउन गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू दुर्घटनामा परेको पाइएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश न्यौपानेका अनुसार ठूला सहरहरूका न्यून गतिमा चलाएका सवारी साधन खुल्ला राजमार्गमा पुग्दा उच्च गतिले चलाउँदा दुर्घटना बढेको बताउँछन्।
पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका अनुसार पश्चिमाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रूपन्देही र नवलपरासीमा छन् । यी जिल्लामा १०/१० वटा दुर्घटना भए । सबैभन्दा धेरैको मृत्यु भने नवलपरासीमा भयो । उक्त जिल्लामा नौजना र रूपन्देहीमा छजनाको मृत्यु भयो ।

दुर्घटना भएका सबैभन्दा धेरै साधन मोटरसाइकल हुन् । रूपन्देहीमा आठ र नवलपरासीमा चारवटा मोटरसाइकल दुर्घटना भए ।  ट्राफिक प्रहरी कार्यालयको अघिल्लो वर्ष २०७२ को दसँैको अवधिमा भएका ३८ दुर्घटनामा २५ ले ज्यान गुमाएका थिए भने २०७१ सालको दसैँको अवधिमा यी दुवै वर्षको भन्दा दोब्बर ६१ वटा दुर्घटना भएका थिए । त्यसमा २९ जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै यस वर्षको दसैँको १५ दिनभित्र भएका ३७ वटा दुर्घटनामा ८८ जना घाइते भए । तीमध्ये गम्भीर ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दसैँको समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाच्नेजस्ता कारणले अत्यधिक दुर्घटना भएको पाइएको छ ।

यसका साथै साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण पनि दुर्घटनाका मुख्य कारण बनेका छन् । रासस







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...