coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कोलकाताको विजयी सुरुआत

काेलकाता नाइटराइडरर्स राेविन उथ्थपाकाे विकेट लिएपछि सनराइजर्स हैदराबादका खेलाडी । तस्बिर: एपी

चेन्नई– नीतेश रानाको अर्धशतकप्रेरित कोलकाता नाइट राइडर्सले आइतबार सनराइजर्स हैदराबादमाथि ६ विकेटको जितका साथ १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सुखद सुरुआत गरेको छ। हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो। कोलकाताका नीतेश रानाले सर्वाधिक ६८ रन जोड्दा आन्दे्र रसेलले अविजित ४९ र रोबिन उत्थपाले ३५ रनको योगदान गरे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रनको योगफल खडा गरेको थियो। कप्तान डेभिड वार्नरले सर्वाधिक ८५ को योगदान गरेका थिए।यसअघि शनिबार पूर्ण रूपमा बलर हाबी हुँदा साबिक विजेता चेन्नई सुपर किङ्सले आइपिएलको उद्घाटन खेलमा विजयी सुरुआत गरेको थियो।

घरेलु मैदान एमए चिदम्बरम् क्रिकेट स्टेडियममा शनिबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले स्तब्ध बनाउँदै चेन्नईले सुखद सुरुआत गरेको हो। बलिङप्रेरित पिचमा विराट कोहलीको कप्तानी रहेको बेंगलोर ७१ रनको झीनो योगफलमा समेटिएको थियो। जबाफी ब्याटिङ गरेको चेन्नईले पनि ब्याटिङमा संघर्ष गर्दै झीनो लक्ष्य पूरा गर्न तीन विकेट गुमाउँदै १७.४ ओभरसम्म पर्खनुपरेको थियो। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले बेंगलोरका स्पिनरसामु निकै संघर्ष ग¥यो। बेंगलोरका स्पिनर युजवेन्द्र चाहलले पहिलो ओभरमै मेडन फ्याँक्दै स्पिनरको दबदबालाई कायमै राखे।

तेस्रो ओभरमा बलिङ गर्न आएका चाहलले पहिलो बलमै चेन्नईका ओपनर सेन वाट्सनलाई शून्यमै आउट गरेर ठूलो झड्का दिएका थिए। त्यस क्रममा चार ओभर बलिङ गरेका चाहल चेन्नईका ब्याट्सम्यानविरुद्ध हाबी हुँदा एक मेडनसहित ६ रन मात्र खर्चिए। अर्का स्पिनर मोइन अलीले पनि चार ओभरमा एक विकेट लिँदा १९ रन मात्र खर्चिएका थिए। बेंगलोरका अन्य बलरले पनि चेन्नईका ब्याट्सम्यानविरुद्ध लगातार चुनौती प्रस्तुत गरे पनि  अम्बाती रायडुले सर्वाधिक २८ रन बनाएपछि झीनो लक्ष्य पूरा गर्न सहज बन्यो। केदार जाधब अविजित १३ रन जोड्दै रवीन्द्र जडेजा ६ रनमा अविजित रहँदा चेन्नईले १४ बल बाँकी छँदा लक्ष्य पूरा ग¥यो। त्यसअघि सुरेश रैना १९ रनमा दोस्रो विकेटका रूपमा आउट भएका थिए। 

यससँगै रैना आइपिएलमा ५ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलौरले निकै खराब ब्याटिङ गर्दै १७.१ ओभरमा अलआउट हुँदा ७० रन बनाएको थियो। बेंगलोरका एक मात्र खेलाडी पार्थिव पटेलले दोहोरो अंकको रन बटुल्ने क्रममा २९ रन जोडे। यस सिजन ड्वाने ब्राभोको पहिलो बलमा दशौं विकेटका रूपमा आउट भएका पटेलले ३५ बलमा दुई चौका मात्र प्रहार गरे। स्पिनर हरभजन सिंहले बेंगलोरका बिग हिटर विराट कोहली, मोइन अली र एबी डी भिलियर्सलाई सस्तैमा पवेलियनको बाटो देखाउँदै चेन्नईलाई सुरुआती तीन विकेट दिलाए। 
कोहली ६ रनमा आउट हुँदा अली र भिलियर्स समान ९ रनमा आउट भए। त्यसपछि बलिङ गर्न आएका अर्का स्पिनर इमरान ताहिर दबाब बनाउँदै तीन तथा रवीन्द्र जडेजाले दुई र ब्राभोले एक विकेट लिँदा बेंगलोर सिजनको खराब सुरुआत गर्न बाध्य भयो। जितसंगै साबिकको विजेता चेन्नईले पहिलो खेलमै ३ अंक जोडेको छ। 

 

प्रकाशित: ११ चैत्र २०७५ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App