५ वैशाख २०८१ बुधबार
खेल

आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति, प्रतियोगिता चैत २७ बाट

बाँकेका स्थानीय जनप्रतिनिधिसँग छलफल गरेपछि आठांै राष्ट्रिय खेलकुद आयोजना मिति घोषणा गरिँदै । तस्विर सौजन्यः राखेप

बाँके-पटकपटक आयोजना मिति सार्दै आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद चैत २७ बाट हुने बताएका छन्। 
उनले आइतबार नेपालगन्जमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेका थिए। छलफलका क्रममा सदस्यसचिव विष्टले चैत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने बताए। प्रतियोगिता वैशाख ३ गतेसम्म चल्ने बताइएको छ। 
भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएका कारण राखेपले तीन पटकसम्म मिति घोषणा गरेर पनि आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन। मिति घोषणा गरेर प्रतियोगिता गर्न नसक्दा राखेप नेतृत्व पछिल्लो समय दबाबमा छ। दुई वर्षअघि तत्कालीन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले २०७५ को मंसिर २१ देखि २९ सम्म गर्ने मिति तय भएको थियो। तर पूर्वाधार निर्माण र बजेटका कारण तयारी सन्तोषजनक नभएको भन्दै राखेपले माघ २५ देखि फागुन ३ सम्म गर्ने निर्णय ग¥यो। तर फागुुनमा पनि प्रतियोगिता हुन सकेन।

आठौं राष्ट्रिय खेलकुद उद्घाटन गर्ने स्थल नेपालगन्ज रंगशाला निर्माणमा ढिलाइ भएका कारण आठाैं राष्ट्रिय खेलकुद आयोजनाबारे अन्योल देखिएको थियो। सदस्यसचिव विष्टले शुक्रबार बस्ने बोर्ड बैठकले औपचारिक रूपमा आठाैं राष्ट्रिय खेलकुद आयोजना गर्ने नयाँ मितिबारे निर्णय गर्ने बताएका छन्। नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिट निर्माण गर्न अब १५ दिन लाग्ने भएकाले चैत २७ गते गर्न सकिने विष्टको भनाइको थियो। 

नेपालगन्जमा एक अर्बको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै  राखेप सदस्यसचिव विष्टले नेपालगन्जको इतिहासमै यति ठूलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको बताए। ‘नेपालगन्जले भौतिक संरचना मात्र पाएको छैन, प्रतियोगिताले नेपालगन्जको अर्थतन्त्रमा समेत टेवा पु¥याउनेछ,’ उनले भने। प्रतियोगिताकोे उद्घाटन भव्य समारोहका बीच हुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए। नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिट निर्माण सम्पन्न हुने अवधिबारे स्पष्ट नहुँदा राखेपले आठौं खेलकुदको नयाँ मिति घोषणा गर्न सकिरहेको थिएन। जसका कारण खेलाडी छनोट र बन्द प्रशिक्षण प्रभावित बनेको थियो। 

फितला छनोट प्रतियोगिता, बन्द प्रशिक्षण र आयोजना मितिबारे स्पष्ट नहुँदा राखेप नेतृत्वले हचुवाको भरमा आठौं खेलकुदको तयारी गरिरहेको आरोप लाग्ने गरेको थियो। आठौ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर भौतिक पूर्वाधारमा मात्र करिब १ अर्ब रकम खर्च हुँदै छ। भौतिक पूर्वाधार निर्माण सन्तोषजनक भए पनि प्रतियोगिता तयारी भने सन्तोषजनक छैन। आठाैं राष्ट्रिय खेलकुदको सचिवालय, मिडिया सेन्टर र जिंगल सार्वजनिक हुँदा समेत प्रतियोगिता कहिले हुने बारे स्पष्ट थिएन। 

प्रकाशित: ११ चैत्र २०७५ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App