८ वैशाख २०८१ शनिबार
समाज

नागरिक ग्राहक योजनाको विजेता घोषणा

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले संचालन गरेको Scarch and Win ग्राहक योजनाको पहिलो महिनाको बिजेता समग्र विकास केन्द्र चाबहिलले जितेको छ। केन्द्र रसिद नं. ६३४२० अन्तर्गत नागरिक दैनिकको बार्षिक ग्राहाक बनेको थियो। नागरिक दैनिकको ग्राहाक योजनाको लागि संचालन गरेको सो योजनाअन्तर्गत पहिलो महिना बनेका बार्षिक ग्राहक मध्येबाट अभिनेता प्रदिप खड्काले लक्की ड्रमार्फत बिजेता घोषणा गरे थिए।

उक्त ग्राहक योजना देशभर एकैसाथ संचालनमा आएको छ। बिक्रि बितरण बिभागका अनुसार यो ग्राहाक योजनामा देशभरबाट पुराना ग्राहाकहरुले नबिकरण गर्नुको साथै हजारौं नया ग्राहक सहभागी भएका छन्।

यो ग्राहाक योजना अन्तर्गत ग्राहक बन्ने हरेकले स्क्याचकार्ड मार्फत हातखाली नजाने गरी एलजीको टिभि सेट, सोनीको मोबाईल सेट, माउण्टेन फ्लाईटको टिकट, चन्द्रागिरी हिल्सको टिकट तथा नगद छुट मध्ये एउटा प्राप्त गर्नेछन्। साथै, हरेक महिना एक जनाले लक्कीड GUSTO स्कुटर प्राप्त गर्नेछन्।

प्रकाशित: ११ चैत्र २०७५ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App