८ वैशाख २०८१ शनिबार
समाज

कांग्रेस नेता यादवको घरमा चोरी

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं सांदस रामकृष्ण यादवको घरमा चोरी भएको छ। बानेश्वरको शान्तिनगरस्थित डेराबाट यादवको ८० हजार रुपैयाँ, डेढ तोलाका दुईवटा सिक्री र क्याननको क्यामरा  र ल्यापटप चोरी भएको यादवले बताए।

शुक्रबार घरमा कोही नभएको बेलामा चोरले मुख्य गेटको  ताल्चा फुटाइ चोरी गरेको उनले बताए। यादव दसैंको विदा मनाउन गृह जिल्ला धनुषा गएको बेलामा घरमा चोरी भएको हो। ‘म २१ गतै नै धनुषा गएको थिएँ,’ यादवले नागरिकन्युजसँग भने,‘ धनुषाबाट आउँदा डेराको मुख्य गेटको ताल्चा फुटाइ चोरले नगद तथा जिन्सी लगेछ।’ यादव बस्ने घर कारेश्वर प्रहरी चौकीबाट पाँच सय मिटरको दूरीमा छ।

 

प्रकाशित: ३० आश्विन २०७३ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App